Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

इन्डोनेसिया । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।

बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराईमा डुबेको अनुमान गरिएको छ ।

रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ ।

अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपार्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताए ।

जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

नौसेनाका प्रवक्ता जुलियस विजोजोनोले तेल चुहिएको क्षेत्रलाई केन्द्रित गरी खोजी कार्य तिब्र बनाइएको जानकारी दिनु भएको छ, तर कुन ठाउँमा डुबेको हो भन्ने ठ्याक्कै खुट्याउन नसकिएको बताए ।

सेनाले पनडुब्बीको खोजीका लागि छ वटा युद्धपोत र हेलिकप्टर पठाइ सकेको छ ।

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, फ्रान्स र जर्मनी समेतका अन्य मुलुकले पनि सहयोगका लागि प्रस्ताव गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री मारिज पेनले यो घटना इन्डोनेसियाली जलसेनाका लागि निकै दुःखद स्थिति रहेको बताए ।

छिमेकी मुलुकहरु सिंगापुर र मलेसियाले पनडुब्बीको खोजी कार्यका लागि जहाजहरु त्यसतर्फ पठाइसकेका छन् । इन्डोनेसियाली सेनाले युद्धपोतमा बढी तौल भए नभएको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

बुधबार सेनाले पनडुब्बी निकै गहिराईमा डुबेको आशंका जनाएको थियो ।

करिब एक हजार ३०० टनको केआरआई नाग्गाला ४०२ पनडुब्बी सन् १९८१ मा निर्माण भएको हो । इन्डोनेसियाले पछिल्ला वर्षहरुमा आफ्ना युद्धपोतलाई अद्यावधिक र आधुनिक बनाउने प्रक्रिया थालेको छ । इन्डोनेसियासँग हाल जर्मन र दक्षिण कोरियामा निर्मित पाँच वटा पनडुब्बी छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies