Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अब पच्चीस जनाभन्दा बढी भेला नहुन प्रशासनको आग्रह

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणार्थ १५ बुँदे निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार कोरोना जोखिम बढेकाले अब कुनै पनि सार्वजनिक समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ भन्दा कम सहभागी हुनुपर्नेछ ।

विवाह वा व्रतबन्धका लागि पार्टीप्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जनामा नबढ्ने गरी गर्ने, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिकरूपमा उपस्थित भई गर्नैपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम केन्द्रमा २०७८ वैशाख मसान्तसम्म भौतिकरूपमा उपस्थित नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने र अन्य पालिकाका हकमा सङ्क्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्बन्धित पालिकाले व्यवस्था मिलाउन, विद्यालय तथा कलेजका पूर्व निर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी गर्न सूचना सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी महतका अनुसार रेष्टुरेन्टदेखि सबै सार्वजनिक स्थान, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने निर्णय भएको छ ।

त्यसैगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भए÷नभएको अवस्थाको अनुगमन गरी पालना नभएको भए प्रचलित नीति, निर्णयानुसार पालना गर्न÷गराउन सहायक प्रमुख जिल्ला अधिकारी महतको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, वीरेन्द्रनगर नगरपालिका, जनस्वास्थ्य सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ रहेका छन् । अनुगमनका क्रममा नेपाल सरकारबाट भएको आदेशको परिपालना नभएको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies