काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि केन्द्रीय कमिटीको तेस्रो पटक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्दै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा नेता माधवकुमार नेपाल समूहका सदस्यहरू भने सहभागी नहुने भएका छन्।
नेपाल समूहका नेताले युवराज ज्ञवालीले अध्यक्ष ओली पार्टी विधान, विधि, पद्धतिलाई मिचेर फरक मत राख्नेलाई एकलौटी ढंगले पेल्ने हिसाबले अघि बढेकाले उनले डाकेको बैठकमा आफूहरू सहभागी नहुने बताएका छन् । उनले भने, ‘बालुवाटारमा ओलीले बोलाएको बैठक एमालेको बैठक होइन, गुटको बैठक हो त्यस्तो बैठकमा हामीमा सहभागी हुँदैनौं । पार्टीलाई एकताबद्ध बनाउने हो भने ओलीले आफ्नो गल्ति सच्याउनुपर्छ र आजको बैठक स्थगित गरी वार्ता र सहमतिको ढोका खोल्नु पर्छ ।’
पछिल्लो समय एमालेमा आन्तरिक विवाद समाधानको दिशतिर भन्दा पनि फुटको दिशातिर उन्मुख भएको छ । कर्णाली प्रदेशमा नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि ओली समूह क्रुद्ध बनेको छ। नेपाल समूहले भने कर्णालीको घटना अरू प्रदेश र केन्द्रमा पनि दोहोरिन सक्ने बताएको छ।
केही समयअघि अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय केही नेताहरूलाई पार्टीबाट निलम्बन गरेका थिए।
अध्यक्ष ओलीले गत फागुन २३ गतेपछि एकलौटी रूपमा गरेका निर्णय खारेजी माग गर्दै खनाल(नेपाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ।
आइतबार केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोराले एक बिज्ञेप्ती जारी गर्दै आजको बैठक तत्काल स्थगित गरी वार्ता र संवादबाट निकास निकाल्न ओलीलाई आग्रह गरिसकेको छ ।
अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको भन्दै ८ पाने पत्र बुझाएको हो। आयोगमा पत्र बुझाउन आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे पुगेका थिए।
तर,कर्णाली प्रदेशमा ओली पक्षले चालेको कदमले गम्भिर धक्का महशुस गरेका प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन् ।
आजको बैठकले माधव समूहमाथि थप कारवाहीको दण्डा चलाउन सक्ने अनुमान गरिएको छ । माधव नेपाल सहित उनी पक्षका चार प्रभावशाली नेतालाई पार्टीको कामबाट ६ महिनाको लागि निलम्बन गरेका ओलीले आजको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । संसदमा आफु विरुद्ध विपक्षी गठबन्धन कसिलो बन्दै गएको अवस्थामा त्यसलाई भत्काउन एमसीसी कार्ड प्रयोग गरिरहेका अध्यक्ष ओलीले प्रचण्ड–माधव पक्षलाई थप कमजोर बनाउने, सकभर आफ्नै नेतृत्वलाई निरन्तरता दिने नसके विपक्षी गठबन्धनमा सरकार बन्न नसक्ने स्थिति सिर्जना गरी निर्वाचनमा जान दलहरुलाई बाध्य बनाउने रणनीतिका एजेण्डा तय हुन सक्ने आंकलन गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: