खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।
विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भएकै वर्ष १९ परिवारलाई रु एक लाख ८५ हजार र विसं २०७५ मा २४ परिवारलाई रु एक लाख १८ हजार राहत रकम प्रदान गरेको थियो । यस्तै २०७६ मा २७ परिवारलाई रु एक लाख ५३ हजार रकम उपलब्ध गराइएकामा २०७७ मा ३० घर पीडित परिवारलाई रु दुई लाख ८५ हजार प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले जानकारी दिए ।
कोष स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा जिल्लामा सबैभन्दा बढी आगलागी, बाढीपहिरो र चट्याङबाट पीडित बनेका परिवारलाई राहत वितरण गरिएको छ । विसं २०७७ अर्थात् यस वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीका घटना भएको पाइएको प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ ।
जिल्लामा आधिकारिकरूपमा दर्ता गरेर सञ्चालनमा ल्याइएको कोषले आफ्नो मूलधन रु ३० लाखको ब्याजबाट आएको रकमले आंशिक क्षतिलाई नगद रु पाँच हजार र पूर्ण क्षतिलाई नगद रु १० हजार राहत वितरण गर्दै आएको छ । भोगेन्द्र राई ‘एक्ले’को अध्यक्षतामा गठन भएको कोषमा १३ सदस्यीय समिति रहेको छ । विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहज होस् भनेर जिल्लाका १० वटै स्थानीय तहमा प्रतिनिधि राखिएको छ । स्थानीय तहमा गठन गरिएको समितिका प्रतिनिधिले सम्बन्धित ठाउँका पीडितको घरआँगनमै पुगेर राहत रकम वितरण गर्दै आएको छन् ।
सहयोग कोषको हङकङ प्रतिनिधिमा खोटाङ सेवा समाज हङकङका पूर्वअध्यक्ष तेजप्रकाश राई रहेका छन् । जुनसुकै बेला आइपर्ने विपद्मा परेका व्यक्ति तथा परिवारलाई तत्काल उद्दार गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो ।
यसैबीच ऐँसेलुखर्क गाउँपालिकाले अस्पताल निर्माणका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने पाँच दातालाई सम्मान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कको पछाडिपट्टि निर्माण हुने १५ शय्याको अस्पतालका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने दातालाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गरेकोे हो ।
अस्पताल निर्माणका लागि सात रोपनी आठ आना एक दाम जग्गा दिने वडा नं ३ का पर्शुराम राजभण्डारी, छ रोपनी १३ आना दुई दाम दुई पैसा जग्गा दिने रामकुमार कालीकोटे, पाँच रोपनी जग्गा दिने प्रभुनारायण राजभण्डारी, दुई रोपनी जग्गा दिने विष्णु राजभण्डारी र एक रोपनी १२ आना जग्गा दिने स्व गोविन्द राजभण्डारीकी श्रीमती लक्ष्मी गिरी श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुबाट २३ रोपनी एक आना दुई दाम तीन पैसा जग्गा अस्पताललाई निःशुल्क प्राप्त भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।
सङ्घीय सरकारको रु १८ करोड बजेटमा निर्माण हुने अस्पतालको प्रदेश नं १ का प्रदेशसभा सदस्य राजन राईले यसअघि नै शिलान्यास गरिसकेका छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने यसअघि नै अस्पताल निर्माणको काम शुरु गरिसकिएको जनाइएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: