Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

चिराइतोको मूल्यमा वृद्धि भएपछि किसान उत्साहित

ताप्लेजुङ । विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् ।

अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । “गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम मूल्य रु १० हजार थियो, अहिले रु १५ हजारले कारोबार गरिरहेका छौँ”, व्यवसायी रुद्र अधिकारीले भने ।

हिमाली तथा पहाडी जिल्लामा चिराइतोलगायतका जडीबुटीलाई समेत प्रमुख आमदानीको स्रोतका रूपमा लिने गरिएको छ । अलैँची खेतीमा संलग्न नभएका किसानले चिराईतो खेती गर्दै आएका छन् तर यस अघिका वर्षमा राम्रो मूल्य नहुँदा चिराइतो खेती गर्दै आएका र जङ्गलमा सङ्कलन गरेका किसान निरास थिए । न्युन बजार मूल्यका कारण लागत मूल्य नै नउठ्ने भए पछि कतिपयले त्यतिकै थन्क्याएर राखेका थिए ।

“अघिल्ला वर्षहरुमा लागत नै नउठ्ने मूल्य थियो, जङ्गल फाँडेर लगाएको चिराइतो खेती प्रति उत्साह थिएन तर यो वर्ष केही सुधार हुनाले सबैलाई सामान्यरूपमा फाइदा पुगेको छ”, चिराइतो खेती गर्दै आएका सिरिजङ्घा गाउँपालिकाका किसान खड्क गुरुङले भने ।

जिल्लाको सिरिजङ्घा, सिदिङ्वा, फक्ताङलुङलगायतका गाउँपालिकाका किसानले चिराइतो खेती गर्दै आएका छन् । कतिपयले जङ्गलमा गएर सङ्कलन गरी बिक्री वितरण गर्दै आएकाछन् ।

ओलाङ्चुङगोला हुँदै चीनको तिब्बत र भारतीय बजारमा चिराइतो निकासी हुने गरेको छ तर यो वर्ष कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमणका कारण चीनतर्फका नाका बन्द भएकाले त्यसतर्फ भने निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय बजारमा भने झापाको विर्तामोड हुँदै निकासी भइरहेको व्यवसायीको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending