Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित

म्याग्दी । म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन ।

खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती शुरु गरेपछि वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुने कार्कीको भनाइ छ । उनले करीब चार रोपनी क्षेत्रफलमा २०० बोट केरा लगाएको छ भने पाँच रोपनी जग्गामा तरकारीखेती गरेका छन् । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।

खबराकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि आठ रोपनी जग्गामा तरकारी र केराखेती गरेका छन् । केरा र तरकारी बेचेर वार्षिक रु आठ लाख भन्दा बढी कमाइ गर्दै आएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाएका छन् । आठ वर्षदेखि तरकारी खेती शुरु गरेका सापकोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने योजना बताएका छन् ।

“राम्रो स्याहार संरक्षण गरेपछि एक घरी केराबाट तीन हजारसम्म कमाइ गर्न सकिन्छ”, किसान शर्माले भने । बगरफाँटका खिमबहादुर कार्की, दुर्गाबहादुर थापा, बेदप्रसाद उपाध्यायलगायतका किसानले पनि धान फल्ने खेतमा केरा खेती गरेका छन् । यहाँका किसानले ५० मुरी धान उत्पादन हुने खेतभरि अहिले केरा र तरकारी खेती लगाएर हरियाली बनाएका छन् । केरा बालीभित्र घुसुवा बाली (अदुवा,बेसार) समेत लगाएर यहाँका किसानले दोहोरा आम्दानी गरिरहेका कृषि प्राविधिकले बताएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE