बलेवा । “सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै १ रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ”, बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भने, “कोटमा हुने पू्जामा गाउँभरिकाले बलि चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।”
कँडेललाई जानकारी भएअनुसार बिहुँकोटमा बलि चढ्न थालेको २०० वर्ष भयो । बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन । “पहिला यस्तो थिएन रे, पछि बलि प्रथाको शुरुआत भयो, दुवै कोटमा बलि चढाउनैपर्ने नियम बनाएका भन्ने सुनेका छौँ”, बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भने, “अहिलेसम्म पनि मङ्गलबार र बिहीबार बलि चढाउन आउनेहरू धेरै हुन्छन् ।”
शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरू बेहोस नै हुनुपरोस् । पशुबलि दिएर मानिसको महत्वकाङ्क्षा पूरा हुने अन्धविश्वास तोड्न अहिले बिहुँमा ‘बलिप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबलि नचढाउन वडा कार्यालयले निषेध गरेको छ । स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबलि नचढाउन आग्रह गरेको छ ।
“पशुबलि चढाएर कसैले मागेको पुग्दैन, यो अमानवीय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौँ” वडाध्यक्ष युक्तप्रसाद कँडेलले भने, “सार्वजनिक सूचना गरेर जानकारी गराइएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।” स्थानीय बुद्धिजीवी, समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताए ।
“मासु खाने वा नखाने व्यक्तिगत रुचि र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बलि चढाएर रगतको खोला बगाउनु राम्रो होइन”, उनले भने, “हामीले दिएको बलिले भगवान् खुशी हुँदैनन्, यो त हिंसा पो हो त ।” चाडपर्वका समयमा कोटघरमा दिइने बलिले हिन्दू सभ्यतालाई नै गिज्याइरहेको कँडेलले बताए ।
“सञ्चारमाध्यामबाट पनि सूचना गर्दैछौँ”, चेतनाको अभावमा भइरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ”, कँडेलले भने, “हामी पशुबलि मुक्त वडाको नागरिक भएर बाच्ने छौँ ।” धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।
वडाले गरेको निर्णयमा स्थानीय खुशी छन् । “धर्म नै छोड भनेको होइन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु” पूर्वशिक्षक शिवलालले बताए, “यसले हाम्रो धर्म संरक्षणमा थप सहयोग गर्छ ।” धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: