Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सवारीसाधनको ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्क राख्न माग

काठमाडौँ । नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ ।

देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो ।

प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, प्रजातान्त्रिक कानून व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल सांस्कृतिक सङ्घका प्रवक्ता कवि महेश प्रसाइँ एवं अभियानका संयोजक अधिवक्ता रामेश्वर राउत मातृ्दासलगायतसहभागी थिए । समूहले सभापति देउवालाई भेटेर भाषामा सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्राण र नेपालीको अस्तित्व एवं महत्व गाँसिएको अदम्य शक्ति र ताकत भएकाले त्यसको रक्षा गर्न माग गरेको संयोजक राउतले राससलाई जानकारी दिए ।

अभियानले भाषाको अस्तित्व जोगाउन मौजुदा देवनागरी लिपिलाई बचाउन सवारीसाधनमा आफ्नै भाषाको अक्षर र अङ्क यथावत् राख्न अनिवार्य भएको तथ्य प्रष्ट पार्दै ज्ञापन पत्रसमेत बुझाएको छ । नेपालको संविधान २०७२ को धारा – १(१), धारा ७(१) , धारा –२८ , धारा –३२(३), धारा –१३३(२) र (३) तथा धारा – २७४ को (१) देखि (१०) समेतको विपरीत र वर्खिलाप गरेर भाषाको लिपि, वर्णाक्षर, अङ्कर गोपनीयताको हकसमेत सधैँका लागि समाप्त पारेर १२५ जाति, १२३ संस्कृति र सभ्यतालाई एकमुष्ट रुपमा समाप्त पारेर सबै नेपालीलाई स्वदेशमा बसे बँधुवा दास र विदेशमा गए शरणार्थी दास बनाउने प्राकृतिक न्यायको सिद्धान्त विपरितको काम भइरहेकामा ज्ञापन पत्रमा असहमति जनाइएको छ ।

सोही क्रममा सभापति देउवाले भाषा र लिपिको रक्षाका लागि आफ्नो पार्टी सधैंँ प्रतिवद्ध भइरहने दृढता व्यक्त गरे । अभियानले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली बनाउन अभियान चलाउने जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies