भक्तपुर । नेपालको खेलकूद इतिहासमै पहिलोपटक ‘उसु अवार्ड–२०७७’ भक्तपुरमा आयोजना हुने भएको छ । उसु खेलको विकास र उसु खेलाडीप्रति सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यले नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लि कौशलटार र यो यो बेङ्क्वेट सूर्यविनायकको प्रायोजनमा सो अवार्ड प्रदान गरिने भएको हो ।
जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहल एवं नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा आगामी २१ गते शनिबार यो यो बेङ्क्वेटमा एक समारोहबीच पहिलो ‘उसु अवार्ड–२०७७’ प्रदान गरिने भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष एवं यो यो बेङ्क्वेटका सञ्चालक श्रीभक्त कासिछ्वाले जानकारी दिए । उसु अवार्ड वितरणका लागि नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कासिछ्वा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
कूल पाँच लाख ६० हजारको अवार्ड वितरण कार्यक्रममा नागरिक विकासले नगद पुरस्कारका लागि आवश्यक रकम र योयो बेङ्क्वेटले कार्यक्रम व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी प्रायोजन गरिएको कासिछ्वाले बताए । कार्यक्रममा छ खेलाडीलाई नगदसहित अवार्ड वितरण गरेर सम्मान गरिने भएको छ । उसुको सान्सौं र थाउलोतर्फ समान एक–एक, पुरुष–महिला गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा एक–एक पुरुष/महिला गरी दुई खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने भएको छ ।
आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने अवार्ड वितरण कार्यक्रमका संयोजक महर्जनले जानकारी दिए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पुर्याउने एकलाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिने भएको छ भने विगत १० वर्षदेखि उसु प्रशिक्षका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गरिने भएको छ ।
नेपालमै पहिलोपटक भक्तपुरबाट उसु अवार्ड वितरणको शुरुआत गर्न पाउँदा सिङ्गो भक्तपुरवासीका लागि खुशी र गौरवको कुरा भएको भन्दै समितिका अध्यक्ष एवं योयोका सञ्चालक कासिछ्वाले अवार्ड वितरण कार्यक्रम भव्य बनाउने बताए । पुरस्कारको मुख्य प्रायोजक नागरिक विकासका अध्यक्ष सुब्बाले उसुका खेलाडीलाई प्रदान गरिने यो अवार्डसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै अवार्डको शुरुआतले खेलाडीको मनोबल बढाउनुका साथै देशको शान उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
अवार्ड वितरणमा सहयोगात्मक भूमिका निर्वाह गर्नुभएका हिमाल साकोसका अध्यक्ष विज्ञान राईले भक्तपुरमा कुनै पनि खेलकूदको विकास एवं प्रतियोगितामा यो समूहले आर्थिक तथा भौतिकरूपमा निरन्तर सहयोग गर्दै आएको र उसुको विकासमा पनि थप सहयोग गर्ने बताए । त्यस्तै भोलियन्टर उसु कमिटीका अध्यक्ष मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्दै भोलियन्टर उसु कोच कमिटीका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको बताए ।
अवार्डमा प्रदान गरिने ट्रफी बुधबार सार्वजनिक गरिएको छ । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासिछ्वा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष राईले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: