दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना विना गरिएका विकास परिणाममुखी नहुने भएकाले योजना बनाएर मात्रै काम गर्न आग्रह गर्नुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकाको २० वर्षीय एकीकृत विकास गुरुयोजनाको आज सार्वजनिक गर्दै उनले योजना र अध्ययनविना अन्धाधुन्ध गरिने कामले आर्थिक स्रोतको मात्रै नोक्सानी गर्ने बताए ।
मुख्यमन्त्री गुरुङले आवधिक योजना निर्माण गरेर अगाडि बढ्न सबै स्थानीय तहलाई अनुरोध गरे पनि केहीले् मात्र उक्त काम गरेको बताउनुभयो । “गण्डकी प्रदेशका ८५ मध्ये १९ स्थानीय तहले मात्रै आवधिक योजना बनाएका रहेछन्, सबै पालिकालाई आवधिक योजना बनाएर विकास निर्माणका काम गर्न अनुरोध गरेका छौँ”, उनले भने, “योजनाविना गरिएका कामले सार्थक परिणाम दिँदैन ।” मुख्यमन्त्री गुरुङले गुरुयोजना बनाएर मात्र नहुने बरु त्यसको सही कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे ।
तीन तहको सरकारबीच समन्वय र सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा हिँड्न सक्ने उल्लेख गर्दै उनले स्रोत साधनको पहिचान गरेर बन्दीपुर गाउँपालिकाले गण्डकी प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरले विकासको गोरेटे कोरेको बताउँदै अब आउने जनप्रतिनिधिले पनि त्यही बाटो समात्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधारसँगै सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विकासलाई प्राथमिकतामा दिनुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्माले पर्यटनलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले बन्दीपुर घर भई काठमाडौँ, चितवनलगायत अन्यत्र बस्ने व्यक्तिसँग पनि सुझाव सङ्कलन गरी गुरुयोजना बनाइएको जानकारी दिए ।
गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपक्षीजन्य, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाट हुने विश्वास लिएको बताउँदै उहाँले पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न खोजिएको उल्लेख गरे ।
बन्दीपुरको प्राकृतिक सौन्दर्य र उर्भरा भूमिमा परिश्रमी र न्यायप्रेमी जनताको मेहनत थप समाहित हुँदा दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताइन् ।
राससकर्मी न्यौपाने सम्मानित
बन्दीपुरको पर्यटन प्रवद्र्धन र समग्र विकासमा पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानस्वरुप रासस दमौली प्रतिनिधि कृष्ण न्यौपाने सम्मानित भएका छन् । गाउँपालिकाले आज आयोजना गरेको गुरुयोजना सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री गुरुङ, मन्त्री चुमान, गाउँपालिकाका अध्यक्ष थापाले संयुक्तरुपमा राससकर्मी न्यौपानेलाई सम्मान गरेका थिए । सोही अवसरमा जिल्लाका अन्य केही पत्रकारलाई पनि सम्मान गरिएको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: