Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोरोनाको असरबीच घरेलु तथा सना उद्योग दर्ता हुने क्रम बढ्दै

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।

आव २०७५/७६ मा एक हजार २३४ र गत आव २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।

कार्यालयका प्रमुख नवराज भट्टले भने, “कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।” यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए ।

कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिए । चालु वर्षको गत आठ महिनामा कार्यालयले रु ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ ।

उद्योगमा लगानी प्रस्ताव

जिल्लामा आव २०७७र७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा रु १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा रु छ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।

यस्तै कृषिमूलक पाँच अर्ब ८२ करोड ४० लाख, सेवामूलक रु चार अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक रु २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा रु ३० लाख लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै रु ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ ।

कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन ।

सम्भावना र चुनौती

जिल्लामा पर्यटनमा आधारित उद्यम, सेवामूलक व्यवसाय, कृषि तथा वनपैदावारजस्ता उद्योगको विकासको सम्भावना प्रचुर छ । प्राकृतिक स्रोत र साधनलाई कच्चापदार्थका रुपमा मात्र निकासी नगरी अन्तिम वस्तु उत्पादन गरी बजारीकरण गर्न सकिएमा हालको आयमा दोहोरो वृद्धि गर्न सकिने सम्भावना छ । उद्योग औद्योगिकग्राम तथा औद्योगिक क्षेत्रको अभाव, आर्थिक विकासका लागि परिमाणात्मक र गुणात्मक रुपमा उद्यमशीलताको विकासको कमी, रोजगारी सिर्जना गर्ने खालका मझौला तथा ठूलो उद्योगको स्थापना हुन नसक्नु, स्थानीय उत्पादनले आयातित वस्तु प्रतिस्थापनका लागि प्रतिस्पर्धा गर्न नसक्नु, भूउपयोग नीति नहुनु, सीपयुक्त श्रमिक र दक्ष प्राविधिकको अभावजस्ता समस्या उद्योगको विकासका लागि चुनौतीका रुपमा देखिएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending