Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भूकम्प प्रभावित २३ हजारलाई सुरक्षित स्थानमा सारियो

१० साउन काठमाडौं । भूकम्पपछि बाढी–पहिरोको जोखिममा परेका क्षेत्रका बासिन्दालाई धमाधम स्थानान्तरण गरिएको छ । सरकारले हालसम्म करिब साढे पाँच हजार घरपरिवारका २३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । आजको नयाँ पत्रिका दैनकिमा खबर छ भूकम्पबाट अति प्रभावित दोलखा, रसुवा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, रामेछाप र ललितपुरका जोखिममा परेका बासिन्दालाई स्थानान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार सबैतिर गरी पाँच हजार चार सय ३१ घरपरिवारका २२ हजार आठ सय ६० जनालाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको हो । भूकम्पबाट प्रभावित २८ हजार घरपरिवारलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने गृहको तथ्यांक छ । त्यसमध्ये १५ हजार घरपरिवार दोलखाका मात्रै छन् । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उच्च जोखिममा रहेका घरपरिवारलाई सम्बन्धित जिल्लाकै सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको बताए । उनले भने, ‘भूकम्पबाट करिब २८ हजार घरपरिवारलाई स्थानान्तरण गर्नुपर्नेछ । सबैलाई सुरक्षित स्थान पहिचान गरी सार्ने काम भइरहेको छ ।’ दोलखा प्रशासनका अनुसार एक हजार दुई सयजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसमध्ये सय घरपरिवारका पाँच सयजना अति जोखिममा थिए । रसुवामा आठ सय घरधुरीका तीन हजार दुईजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा भने एक सय ७० घरपरिवारका चार सय ९७ लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अन्यलाई पनि स्थानान्तरणको काम भइरहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । धादिङमा एक हजार पाँच सय घरपरिवारका ६ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । धादिङ प्रशासनका अनुसार स्थानान्तरण गर्न अझै एक हजार घरधुरी बाँकी छ । काभ्रेका ६ सय ८५ घरपरिवारका तीन हजार चार सय २५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । गोरखा प्रशासनका अनुसार एक हजार सात सय घरपरिवारका ६ हजार आठ सयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै, रामेछापमा तीन सय ४६ घरपरिवारका एक हजार सात सय ३० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कसैलाई पनि स्थानान्तरण गरिएको छैन । स्थानान्तरण हुन कोही तयार नभएकाले नसारिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । मकवानपुरमा तीन हजार घरपरिवार बाढी–पहिरोको जोखिममा रहेको पहिचान गरिएको थियो । तर, कसैलाई पनि स्थानान्तरण गरिएको छैन । जोखिममा रहेका घरपरिवारले नमानेका कारण स्थानान्तरण नगरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । भूकम्प प्रभावित नुवाकोट र भक्तपुरमा कसैलाई पनि स्थानान्तरण गरिएको छैन । भूकम्पले घर ढले पनि बस्ती नै सार्नुपर्ने अवस्था नभएकाले कसैलाई स्थानान्तरण नगरिएको दुवै जिल्लाका प्रशासन कार्यालयले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending