Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

एउटै औषधिको मूल्यमा ७३ प्रतिशतसम्म फरक

१० साउन, काठमाडौं । सरकारी अस्पतालले चलाएका र निजी फार्मेसीमा एउटै औषधिको मूल्यमा आकाश–जमिनको फरक देखिएको छ । निजी फार्मेसीले सर्वसाधारणबाट झन्डै ७३ प्रतिशतभन्दा बढी मूल्य असुलिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उपभोक्ता हित संरक्षण मञ्चले वीर अस्पताल परिसरभित्र सञ्चालित निजी फार्मेसी र महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीले बिक्री गर्ने औषधिको मूल्यबारेमा तुलनात्मक अध्ययन गरेको थियो । एकै दिन एकै समयमा दुई फार्मेसीमा बिक्री गरिएका औषधिको अध्ययन गरिएको हो । सरकारी निर्णय कार्यान्वयन भएन निजी फार्मेसीहरूको बेथिति बढ्दै गएपछि सरकारले सबै अस्पतालको आफ्नै फर्मेसी हुनुपर्ने नीतिगत व्यवस्था गरेको थियो । तर, सबै सरकारी अस्पतालले समेत फार्मेसी राखेका छैनन् । वीर अस्पतालमा अहिले पनि निजी फार्मेसी छ । त्यस्तै भरतपुर अस्पताल र पोखराको क्षेत्रीय अस्पतालमा पनि निजी फार्मेसीले नै औषधि बिक्री गरिरहेका छन् । सरकारले ७० प्रकारका औषधि निस्शुल्क वितरण गर्ने व्यवस्था गरेको छ । तर, ती अस्पतालका आफ्नै फार्मेसी नभएपछि बिरामी र तिनका आफन्त महँगोमा औषधि किन्न बाध्य छन् । सामान्यतया अस्पताल भर्ना भएका बिरामीको उपचार खर्चमध्ये ४० प्रतिशत औषधिमा खर्च हुन्छ । सर्वोच्चको आदेश पनि कार्यान्वयन भएन करिब दुई महिनाअघि निजी फार्मेसीका लागि वीर, भरतपुर अस्पताल र पोखराको क्षेत्रीय अस्पतालले टेन्डर आह्वान गरेपछि उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमल्सेनाले सरकारलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत १३ असारमा रिटमाथि सुनवाइ गर्दै सर्वोच्चले साउनदेखि सबै सरकारी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, सर्वोच्चको आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending