Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

छोरीको जन्मसँगै वियोगको वातावरणको अन्त्यको प्रयास हरेक क्षेत्रबाट हुनु आवश्यक : उपसभामुख देव

जनकपुरधाम । प्रदेश नं २ का उपसभामुख उपमा देवले समाजमा महिलालाई कमजोर बुझ्ने पुरानो मानसिकतामा क्रमिकरूपले परिवर्तन हुँदै गएको बताएका छन् । सखी बहिना मैथिलानी समूहद्वारा जनकपुरधाममा आयोजित संस्था दर्ता शुभकामना एवं होली उत्सवमा उपसभामुख देवले परिवारमा छोरीको जन्मसँगै वियोगको वातावरण र दुःखको संसार सम्झिने मनोविज्ञानको अन्त्यको प्रयास हरेक क्षेत्राट हुनु जरूरी छ भने । महिलालाई मान, सम्मानले अवसरमा सहभागितासँगै प्रतिभाले कमजोर नभएको प्रमाणित गरेको प्रसङ्ग पनि उहाँले उल्लेख गरे ।

प्रदेशसभा सदस्य रामअशीष यादवले सखी बहिना सुरभि भएको चर्चा गर्दै भाषा, संस्कार, सभ्यताको संरक्षणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राखे । उनले समाजमा विकृतिको गन्ध विस्तार भइरहेको अवस्थामा सखी बहिना समूहको अभियानले विकृतिको अन्त्यसँगै संस्कारित समाजको निर्माणका लागि गरिरहेको पहल प्रशंसनीय रहेको छ भने ।

जिल्ला समन्वय समितिका उपप्रमुख दीपक झाले सखी बहिना समूहले समाजमा महिला सशक्तीकरणको पक्ष र भाषा, सभ्यता, संस्कृतिको रक्षा गर्ने सवालतर्फ गम्भीरतापूर्वक क्रियाशील रहेको उदाहरण प्रस्तुत गरे । अभियानकर्मी डा अखिलेश झाले संस्था विधिवत्रूपले दर्ता भई सङ्गठित भएकामा खुशी व्यक्त गर्दै एकजुट भई सभ्यता, संस्कृति, संस्कारको रक्षा गर्ने पक्षमा अग्रसर हुनु जरूरी भएको धारणा राखे ।

संस्थाका संस्थापक आरती झाले संस्थालाई सबैले सहयोग गर्नु अपरिहार्य भइसकेको बताउँदै आगामी दिनमा महिलाका सीप र सिर्जनालाई प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने जानकारी दिए । उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशील रहेको प्रकाश पारे भने अग्रज सखी पुनम झा मैथिल, कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकासकार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गरे ।

उत्सवमा कुसुम विसौनाको जोगिरा टीमले जोगिरा, गायक नवीन मिश्र, गायिका सङ्गीता देव, श्यामा झा, विन्दु ठाकुर, मीना ठाकुर र ज्योति झा, वन्दना झाले गोसाउनी र होरी गीत प्रस्तुत गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending