Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सुत्केरीको रोदन: मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो...

काठमाडौँ । चौध वर्ष अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।

अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो ।

उहाँ अहिले डेढ महिनाको सुत्केरी हुनुहुन्छ । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा हुनुहुन्न । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ । उहाँका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्दछिन्, “सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो ।”

विनितालाई श्रीमान्को ती बाचाले पोल्छ । श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पीडा हुँदैनथियो । खोजीका लागि गहारगुहार गर्दथ्ये । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भागेको आरोप लगाएका छन् । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गछिन् । “आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र”, मन भक्कानो पार्दै विनिता भन्छिन्, “छाँगाबाट खसेजस्तो भएकी छु ।”

बिहीबार उनको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधारा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा मदिरा खाएर सक्ने गरेको विनिताले सुनाईन । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जो टार्न धौधौ भएको छ ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तोपत्तो छैन । उनका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिताले सुनाइन । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहोर्याउछन् ।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएको छ । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्ह गरीन । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिताले सुनाइन ।

कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो । गत सालको बन्दाबन्दीपछि भने उनको दुःखका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिताले बताइन । उनका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले ।

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताइन । घटनामा उनीहरु संलग्न भएनभएको भने फेला परेपछि मात्रै थाहा हुने उनको भनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडाइ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रोकिएको छैन ।

यौनाशक्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले बताए । उनका अनुसार केही महिलाले अर्को महिलाको पीडा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending