काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ ।
नेप्सेमा झिनो सुधार भए पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल २१६ कम्पनकिो ९० लाख १२ हजार ८५३ कित्ता शेयर रु तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा कारोवार भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब एक अर्ब ८५ करोड २९ लाख २० हजारको हाराहारीमा रहेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६७, होटल तथा पर्यटन ८६, वित्त १.२१, उत्पादन २३.२५, लघुवित्त २७.३६, जीवन बीमा २३०.२९ र लगानी ०.२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ७२.५९, विकास बैंक २.३५, जलविद्युत् ३१.८३, अन्य २०.११ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ३८ लाख ७९ हजार ८८४ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु १८ करोड ८५ लाख २९ हजार ६४४, नेपाल पूर्वाधार बैंक रु १७ करोड दुई लाख ६६ हजार ४५४, नबिल बैंक रु १३ करोड ८९ लाख ५३ हजार ८५, नेशनल हाइड्रो पावर कम्पनी रु १२ करोड १६ लाख आठ हजार ७१४, एचआइडिसिएल रु १० करोड ५६ लाख पाँच हजार ६१०, एनआइसि एशिया बैंक रु आठ करोड ७७ लाख ९६ हजार ८९२, नेको इन्स्योरेन्स रु सात करोड ९५ लाख ५८ हजार १९८ र ग्लोबल आइएमई बैंक रु सात करोड ८२ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । यस्तै, जोशी हाइड्रोपावर ९.९२, घलेम्दीह हाइड्रोपावर ९.८३, ग्रीन लाइफ हाइड्रोपावर ९.७०, खानीखोला हाइड्रोपावर ९.४०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७.०३, एचआइडिसिएल ६.७१, दिव्यश्वरी हाइड्रोपावर ५.९८ र यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए ।
यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ८.८१, पञ्चकन्या माई हाइड्रोपावर ४.८६, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ४.६८, राष्ट्रिय बीमा कम्पनी ४.०३, अरुण भ्याली हाइड्रोपावर ३.६८, हिमालयन पावर पार्टनर ३.८१, एनआइबिएल प्रगति फण्ड ३.५८ र माथिल्लो तामाकोशीका लगानीकर्ताले ३।४९ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: