Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कार्यकारी प्रणालीको समर्थन गर्दै राजेश हमालले बाबुरामलाई सुनाए ‘भातरोटी’ को जोक

\"baburam९ साउन, काठमाडौं । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले कार्यकारी प्रणालीको विषयमा शनिबार विभिन्न क्षेत्रका विज्ञ तथा अगुवाहरुसँग छलफल गरे ।  छलफलको क्रममा अधिकांशले कार्यकारी शासन प्रणालीमा जान सुझाए । छलफलको लागि आएका महानायक राजेश हमाल, नायीका करिश्मा मानन्धरले कार्यकारी प्रणालीमा जान सुझाए । त्यस्तै कलाकार तुल्सी घिमिरेले पनि कार्यकारी प्रणाली अंगिकार गर्न सुझाव दिएका थिए ।  महानायक हमाल र नायीका करिस्मा मानन्धरको भनाईलाईलाई हामील यहाँ प्रस्तुत गरेका छौं । जुवा खेलेर भएपनि कार्यकारी प्रणालीमा जाऔ :हमाल लोकतन्त्र सुनिश्चित होस् । स्थिर सरकार यतिबेला आवश्यक छ, जसले राष्ट्रलाई निकास दिन सकोस् । विगतको आन्दोलनले स्थिर सरकार खोजीरहेको छ । नेपाली जनता पटकपटक निराश हुनुपरेको छ ।  म आफू पनि जनता नै हो ।  हामीले जुन स्थिरता र राष्ट्रको निकाश खोजीरहेका छौं । तर राजनीतिक दल र नेताबाट त्यसको विपरित पाएका छौं ।  विगतका अनुभव हामीले बटुल्ने हो भने, सत्ता मोह, व्यक्तिगत स्वार्थ, दलीय स्वार्थलाई नै नेताहरुले प्राथामिकतामा राखेको देखिन्छ  ।  राष्ट्र र जनता प्रतिको भावना निकै कम छ । त्यही भएर पनि होला सायद नेपाली जनता हामीले अभ्यास गरिरहेको प्रणालीमा नै केही त्रुटी छ की भन्ने निर्णयमा पुगेको होला ।  यो होइनको यसको विकल्प धेरै राम्रो हो ।  सायद अर्को प्रणालीले राष्ट्रलाई निकाश दिन्छकी । त्यो  कसीमको अपेक्षा जनताले गरेका छन् । लोकतान्त्रि प्रणालीमा अर्को अप्सनको रुपमा कार्यकारी प्रणालीलाई हेरिएको हो । यत्तिका वर्ष हामीले अहिलेको प्रणाली अपनाइसकेका छौं ।  यो प्रणाली फेलियर अनुभव गरिसकेपछि, अर्को अप्सनलाई किन युटिलाईज नगर्ने भनेरै यो आवाज उठीरहेको होला । यो प्रणालीबाट नि राष्ट्रले निकास पाइहाल्छ भन्ने पक्षमा हामी जनता छैनौं । हामीले यसलाई रिस्क मोलेरै उठाएका हौं ।  किनकी लोकतन्त्रमा जनताले कुनै पनि कदम उठाउनुभनेको उसले रिस्क मोलेरै, जुवा खेलेरै गरेको हुन्छ ।  सायद यसले गर्दा उपयुक्त विकल्प खोजेका हुन्की । एउटा उदाहरणको लागि नेपालमा कुनै पेट दुखेको विरामी डाक्टरकोमा गयो भने , डाक्टरले ‘तपाईं भात नखानुस्, २ चार दिन रोटी खानुस्’ भन्छरे । ईन्डियामा त्यहि विरामी डक्टरकोमा गयो भने, ‘तपाईं रोटी नखानुस् भात खानुस् भन्छ रे ।’ त्यसकारण अर्को अप्सन जुन हामीमा छ त्यसलाई रिस्क मोलेरै ट्राई गरौं ।  कार्यकारी प्रणालीका अफ्ठ्यारा नभएका होइनन् ।  जुन रिस्क हामीले बोकेका छौं । त्यो वास्तविकतामा परिणत हुन सक्दैन भन्ने होइन ।  मेरो छनौट कार्यकारी प्रणालीमा हुनुको कारण संसदीय व्यवस्था खराब हो भनेर होइन ।  आम नेपाली जनता सरह मैले पनि रिस्क मोलेरै,  जुला खेलेरै सायद नेपाल र नेपाली जनताको लागि यसले फाइदा देलाकी भनेर मैले आफ्नो कदम उठाएको हो । लोकतन्त्र हामी नेपाली जनतलाई धेरै प्रिय छ, त्यो नेपाली जनताले गुमाउन चहादैनौं ।  त्यसको छातामूनि रहेर आफ्नो गोलमा पुर्याउन सक्यो भने उचित होला । कार्यकारी राष्ट्रपति हुनुपर्छ : करिस्मा \"karishma\"हाम्रो नेपालमा राजनीति गर्ने नेता र जनताबीचमा कनेक्सन छैन ।  जव जनताले आफ्नो नेता आफै छान्ने मौका पाउँछ त्यो भनेको केनेक्सन हुनु हो ।  उसले आफ्नो रोजाइको नेतृत्व चयन गर्न पाउनु कार्यकारी प्रणाली नै हो । अहिलेको परिस्थितिमा एकदमै सान्दर्भीक कुरा हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । यसको नकारात्मक प्रभावको विषयमा मलाई त्यति ज्ञान छैन । तर जनताले आफ्नो नेता छान्न पाउनुपर्छ । हामी चलचित्रको भाषामा भन्नुपर्दा , हामी चलचित्र बनाउँछौं र हलमा ल्याउँछौं । यदी त्यो चलचित्र नराम्रो भएको खण्डमा फ्लप हुन्छ । त्यसैले राम्रो चलचित्र बनाए मात्रै चलचित्र चल्ने हुन्छ । देशको लागि निर्वाचीत हुने कार्यकारी प्रमुखले जनताको लागि राम्रो सोचेन भने सफल हुँदैन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending