Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सके आफै टिक्ने, नभए निर्वाचनमा जाने ओलीको दाउ

काठमाडौं। पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् ।

आज नागरिक दैनिकमा खबर छ - पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्न आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन् । तीन वर्षाअघि नेकपा एमले र माओवादी केन्द्र (नेकपा) समेत बदर भएपछि पधानमन्त्री ओली जनता समाजववादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् ।

त्यसका लागि अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महत्तोसहितको नेताहरुसँग कार्यदल नै बनाएर छलफलमा जुटेका छन् । तर पूर्व प्रधानमन्त्री बाबुराम भचट्टराइ, उपेन्द्र यादवसहितका नेताहरु ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा छैनन् ।

भट्टराई र यादव ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा एउटा समूह अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ । ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दावी छ ।

त्यस्तो अवस्थामा एमालेको सहभागिताविना अर्को सरकार गठनको सम्भावना कमजोर हुनेछ । तर एमालेभित्रकै विवाद बढ्दै जाँदा माधवकुमार नेपालसहितका नेताहरु नै ओलीको विपषमा उभिन सक्ने आकलन गर्न थालिएको छ । त्यसले आफू नेतृत्वको सरकार कमजोर हुने विश्लेषण गरेका ओली पक्षले उनीहरुलाई फकाउनसहमतिको हात बढाएका छन् । सोमबार पार्टी मुख्यालयमा नेपालसहितका नेताहरुसँग ओलीले छलफल गरे ।

छलफल कुनै ठोस निष्कर्षमा नपुगे पनि ओली पक्षीय नेताहरु नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोक्ने रणनीतिमा पुगेका छन् । ओली नेपाल समूहलाई केही समय अल्मल्याएर जसपाको समर्थनमा संसदबाट विशवासको मत लिने रणनीयितमा छन् । प्रधानमन्त्री ओली सके जसपासहितको दलको समर्थनमा आफ्नो सरकारलाई निरन्तरता दिने, नभए ७६ (२) अनुसार एकभन्दा बढी दलको समर्थनमा अर्कोलाई प्रधानमन्त्री हुन नदिने रणनीतमा छन् ।

आफ्नो पक्षमा पनि बहुमत नजुट्ने र अर्को व्यक्तिका लागि समर्थन नहुने अवस्थाम ओली संसदबाट विश्वासको मत्त लिने रणनीतिमा रहेको जानकारी दिँदै निकट एक नेताले भने, ‘संविधानको प्रावधानअनुसार सरकार गठनका सबै प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओली मुलुकलाई निर्वाचनमा लैजान चाहनु हुन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies