Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नियम उल्लङ्घन गर्ने चालकलाई प्रशिक्षण

चितवन । ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, सवारी साधन दुर्घटना गराउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारी साधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताए ।

अभियानअन्तर्गत आइतबारमात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ४२ चालक÷सहचालकलाई तीन घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमितरुपमा सञ्चालन गर्ने उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies