Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वाग्मतीस्तरीय कराते प्रतियोगिता चैतमा हुने

बनेपा । काभ्रे कराते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा वाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड–१९ को प्रभावका कारण स्थगित भएको थियो ।

खेलमार्फत समय अनुकूल अझ सबल र सक्षम खेलाडी तथा रेफ्रीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटक आकर्षण वृद्धि हुने जनाइएको छ । प्रतियागितामा महिला र पुरुष गरी दुई विधामा खेल हुने आयोजकले जनाएको छ । आयोजना संयोजन गर्ने संस्था नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष प्रताप वैद्यका अनुसार महिलातर्फ सातवटा समूह ४० केजीदेखि ६८ केजी तौल समूहका अतिरिक्त काटा र पुरुषतर्फ ४५ केजी तौल समूहदेखि ७५ र सोभन्दा माथि खुल्ला तथा काटा गरी आठ समूहमा स्पर्धा हुनेछन् ।

प्रतियोगितामा प्रदेशभित्रका एक जिल्लाबाट तोकिएको एउटा तौल समूहमा भाग लिन आउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सो प्रतियोगितामा १३ जिल्लासहित आयोजक संस्थाका गरी १४ समूहका करीब २१० जना खेलाडीहरुले सहभागिता रहने छ । प्रतियोगितका लागि करीब २२ लाख ८७ हजार खर्च लागत अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कुवेर मानन्धरले जानकारी दिए ।

बनेपाको लायकु मञ्चमा हुने प्रतियोगिताका लागि सबैजसो खेलाडीहरुको छनोट भइसकेको सङ्घका उपाध्यक्ष राजेशकुमार श्रेष्ठले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending