काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.५८ ले ओरालो लागेर दुई हजार ४८५.०९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर ४४९.६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओरालो लाग्दा बजार पूँजीकरण प्रभावित भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब २४ अर्ब ८५ लाख ५१ हजार १३९ बराबर पुगेको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ५०.१५ र जलविद्युत् १८.३४ ले उकालो लाग्दा बैंकिङ १२.४१, व्यापार १८१.४८, विकास बैंक ५.५६, वित्त ३.२६, निर्जीवन बीमा ८५.५१, उतपादन ८२.२९, अन्य १७.७१, लघुवित्त ५१.७९, जीवन बीमा ३०६.३२, सामूहकि लगानी कोष ०.०२ र लगानी १.७५ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४२ करोड ७८ लाख ४० हजार ९२४ बराबरको कारोबार भएको छ । यस्तै नेपाल बैंक रु ३९ करोड ६९ लाख ९३ हजार ७८२, माथिल्लो तामकोशी जलविद्युत् कम्पनी रु २४ करोड २३ लाख ९९ हजार ६४२, ग्लोबल आइएमई बैंक रु १७ करोड १३ लाख ५३ हजार ८७०, नेपाल इन्स्योरेन्सक कम्पनी रु १५ करोड ७६ लाख ६८ हजार ५१४ र खिबर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७१ हजार ६० हजार ४६९ कारोबार भएको छ । त्यसैगरी नेपाल पुरनबीमा कम्पनी रु ११ करोड ३८ लाख ४३ हजार ९०५, नेको इन्स्योरेन्स रु ११ करोड १८ लाख ३१ हजार ८५२ , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ९६ लाख ९८ हजार ८४० र नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ४६ लाख ६४ हजार १०१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
यस्तै कारोबारका आधारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाउदा नेपाल हाइड्रो डेभलपर ९.८३, रैराङ हाइड्रोपावर ९.६९, एक्सेल डेभलपमेन्ट बैंक ७.१४, नेपाल इन्स्योरेन्स ६.५४, युनिभर्सल पावर कम्पनी ५.११, रिलायन्स फाइनान्स ४.४८, माथिल्लो तामाकोशी ४.१७, हिमालय पावर पार्टनर ३.८७ र एनआइबिएफ प्रगति फण्डका लगानीकर्ताले ३.८७ प्रतिशतले कमाए । नेशनल हाइड्रोपावर ५.५२, साल्ट टे«डिङ कर्पोरेशन ५, बोटलर्स नेपाल तराई ३.९६, किसान लघुवित्त ३.७१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.४५, सर्पोट माइक्रोफाइनान्स ३.४०, गुराँस लाइफ इन्स्योरेन्सक म्पनी ३.३९ र बैंक अफ काठमाडौंका लगानीकर्ताले ३.३७ प्रतिशतले गुमाए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: