Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढी देखिएको हो ।

दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबीच चालू आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फार्म दर्ता भएका छन् । तीमध्ये ७५ प्रतिशत बढी महिलाका नाममा दर्ता भएका छन् ।

सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडपछि पछिल्लो समय विस्तारै पुरानै लयमा आर्थिक चलायमान बन्दै गएपछि दमकमा नयाँ व्यवसायमा महिलाको आर्कषण बढ्दै गएको बताए । कानूनीरुपमै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको तथ्य यसबाट प्रष्ट भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ । नीतिगतरुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाको नीतिका कारण पनि व्यावसायिक फार्म महिलाका नाममा सञ्चालन हुने क्रम बढेको हुनसक्ने श्रेष्ठले बताए ।

थपिएका फार्ममा अधिकांश होटल तथा खाजा घरसँगै फेन्सी तथा शृङ्गारका साधन, किरानालगायत व्यवसाय थपिएका सङ्घका कर्मचारी प्रकाश दाहालले बताए । उनका अनुसार चालू आवमा हालसम्म सङ्घका सदस्यका रुपमा रहेका कूल ६२४ व्यावसायिक फार्म नवीकरण भएका छन् । सङ्घले १४० नयाँ फार्म दर्ता गरेबापत कूल रु एक लाख २५ हजार र ६२४ फार्म नवीकरण गरेबापत कूल रु दुई लाख २४ हजार शुल्क सङ्कलन गरेको छ ।

सङ्घले विश्वभर फैलिएको कोरोना महामारीका कारण नोक्सानी व्यहोरेका व्यवसायीलाई राज्यले दिने सेवासुविधा राज्यकै नीतिमा निर्भर रहने भए पनि सङ्घले आफ्ना सदस्यलाई नवीकरण शुल्कमा छुट दिएको छ । सङ्घले कोरोना महामारीका कारण गत पुस मसान्तभित्र सदस्यता नवीकरण गर्न आउने सदस्यलाई विलम्ब शुल्क नलिएको सङ्घले जनाएको छ । सङ्घले आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने व्यवसायीलाई लिँदै आएको नवीकरण शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको तृतीय उपाध्यक्ष रमा सुब्बाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies