काभ्रेपलाञ्चोक । एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष ः हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने नाराका साथ यही फागुन ९ गतेदेखि शुरु गरिएको अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
नगरका ११वटै वडामा आयोजित सचेतनामूलक कार्यक्रममा ६७३ महिलासहित ८६८ को सहभागिता रहेको थियो । नगरका सबै बासिन्दालाई हिंसाविरुद्ध सचेत गर्ने लक्ष्य लिएको यसपटकको कार्यक्रममा तीन प्रतिशत बासिन्दालाई सचेतना गराएको नगर उपप्रमुख रामदेवी तामाङले बताउ । उनका अनुसार फूलबारीबाट शुरु गरिएको सचेतना लकाइने, कुरुगाउँ, पुरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरी, धर्मशाला, पिपलबोट, कानपुर, काफ्लेथोक हुँदै भेडाबारीमा पुगेर समापन गरिएको थियो । “महिलालाई आर्थिकरूपमा सशक्तीकरण हुन, छोरा र छोरीमा विभेद नगर्न र चेतना विकासको माध्यमबाट समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने अनुशिक्षणको मूल उद्देश्य हो”, तामाङले भने ।
अनुशिक्षणमा करिब तीन घण्टा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैङ्गिक हिंसाको अवस्था र न्यूनीकरणका उपायका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका, समाजका अगुवा, कर्मचारी, प्रहरी, बाल समूहका प्रतिनिधि, महिला सहकारी संस्थाका सदस्य, गृहणी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा महिला सहभागीले आफूले भोगेका हिंसाका विभिन्न सवालमाथि छलफल गरी लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि, शिक्षक–शिक्षिका, महिला स्वयंसेविका र समाजका अगुवाहरूको विशेष भूमिका रहने भएकाले उनीहरूलाई जवाफदेही बनाउन जोड दिइएको थियो ।
अनुशिक्षण समापनमा वाग्मती प्रदेशसभा सदस्य गोमा भुर्तेलले हिंसामा परियो भनेर महिलाले बेकारमा ज्यान नफ्याँक्न सुझाव दिए । “राज्यले निरोध, कानूनी कारवाही, क्षमता विकास, समन्वय, सहयोग र सहकार्यमा हिंसा न्यूनीकरणका प्रयास गरिरहेको छ, तपाईँहरु ढुक्क भएर जिउनुस्”, उनले भने । उनका अनुसार लैङ्गिक–हिंसा, घरेलु–हिंसा, यौन दुव्र्यवहार, प्रथाजन्य चालचलन र व्यवहार, विवाह प्रचलनले महिलालाई पछि पारेको छ र सचेतनाको माध्यमबाट हिंसामा कमी ल्याउन सकिन्छ ।
नगर महिला विकास शाखा प्रमुख तारादेवी सुनुवारले सबै वडामा अनुशिक्षण सकिएको बताउँदै फागुन २४ गते ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ र्याली, सभा र महिलाको क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मानलगायतका कार्यक्रमका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने जानकारी दिए । उनका अनुसार अनुशिक्षणमा स्वास्थ्य बीमाका विषयमा पनि जानकारी दिइएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: