तनहुँ । जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त हुनेभएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सो सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुँदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । योजनाअन्तर्गत लैङ्गिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधि निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार काम अगाडि बढ्नुपर्नेमा कोभिडलगायत विविध कारणले नगरपालिकासँगको सम्झौता ढिलो हुन पुगेको हो ।
देशभरका ३३ नगरपालिकासँग आयोजनाका तर्फबाट सम्झौता गरिएको छ । आयोजनाका तर्फबाट करिब १४ अर्ब बजेटमा यो कार्यक्रम सञ्चालन हुँदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिकासहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलीबजार नगरपालिकासँग सम्झौता गरिएको हो । योजना सम्पन्न गर्ने अवधि पाँच वर्षको हुनेछ ।
आयोजनाले व्यास नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारिपारि क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइ तीव्र भइरहेको अवस्थामा यो योजना सम्पन्न भएपछि गाउँ छाडेर शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको छ ।
साथै आयोजनाको कार्यान्वयनको चरणमा बृहत् शहर विकास अभियानअन्तर्गत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा राखेको बताइएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण
व्यास नगरपालिका–१ वडा कार्यालयको आयोजना तथा लोकप्रिय मेडिकल सेन्टरको सहयोगमा शनिबार ११६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा उषान्त आचार्यको नेतृत्वमा पाँच जनाको स्वास्थ्य टोलीको सहयोगमा वडावासीका लागि नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएका ७३ महिला र ४३ पुरुषमध्ये २७ जना शल्यक्रिया गर्नुपर्ने प्रकृतिको बिरामी रहेको बताइएको छ । स्वास्थ्य परीक्षण गराएका ३८ ज्येष्ठ नागरिकमध्ये २० पुरुष र १८ महिला रहेको आधारभूत स्वास्थ्य केन्द्रका अनमी सञ्चिता मिश्रले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: