चरीकोट । दोलखाको नेपाल टेलिकमको सेवा विस्तार भएको सबै ठाउँमा आजबाट फोरजी सेवा सञ्चालनमा आएको छ ।
टेलिकमको दोलखा जिल्लाको विभिन्न क्षेत्रलाई सञ्चारसँग जोड्ने उद्देश्यले विभिन्न क्षेत्रमा निर्माण गरेको टावरमा इन्टरनेटको लागि गुणस्तर वृद्धि गरी सबै क्षेत्रमा सो सेवा सञ्चालन गरेको हो । जिल्लाको विभिन्न स्थानीय तहमा राखिएको २३ वटा टावरबाट नेपाल टेलिकमले सो सेवा सञ्चालनमा ल्याएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले बताए ।
एक सातामा ग्रामीण क्षेत्रका चार स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । गौरिशंकर गाउँपालिका–८ खारेको टावरबाट, यसैगरी सिंगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट सो सेवा विस्तार गरिएको हो । आन्तरिक पर्यटकलाई लक्षित गरी दोलखाको उत्तरी विकट क्षेत्र वेदिङमा टेलिफोन सेवा विस्तार भए पनि फोरजी सेवा सञ्चालनमा आउन सकेको छैन भने वैत्यश्वर गाउँपालिका–५ मैनापोखरी क्षेत्रमा सेवा विस्तारका लागी प्रक्रिया शुरू भएको नेपाल टेलिकम दोलखाले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई लक्षित गरी गौरीशंकर गाउँपालिकाको खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा शुरु भएसँगै गाउँपालिकाका चंखु, मार्बु, खारेलगायत वडामा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताउनुभयो । टेलिकमको फोरजी सेवा पुगेका कतिपय ठाउँमा थ्रिजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सकिने र यसका लागि स्टार ४४४ ह्यास डायल गरेर सिम सुचारु गर्न सकिने जनाइएको छ ।
दोलखामा आधा दर्जन प्राइभेट कम्पनीले इन्टनेट प्रदान गर्दैं आई रहेको भएता पनि हिमाली जिल्ला भएको र फाइवरमार्फत इन्टरनेट प्रदान गर्न नसकेको कारणले टेलिकमको इन्टरनेट सेवा धेरैको रोजाइमा पर्ने गरेको छ । हिमाली जिल्लामा इन्टरनेट प्रदान गर्ने पुरानो प्रविधि भि स्याट प्रविधिमार्फत जिल्लामा इन्टरनेट वितरण गर्दै आएकोमा यसप्रति सेवाग्राहीको गुनासो बढ्दै गएपछि फाइवर लाइनमा जिल्लालाई जोडिएको छ । हिमाली जिल्ला भए पनि राजधानीबाट नजिकै र यातयात सेवाले नजिकै भएको कारण बनेपा काभ्रे हुँदै र सिन्धुली खुर्कोट हुँदै दुई क्षेत्रबाट फाइवर लाइन जोडिएको छ ।
नेपाल सकारले डिजिटल नेपाल निर्माण गर्ने अभियानअन्तर्गत स्मार्ट दोलखा निर्माणको काम सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाबाट उद्घाटन गरेर शुरु गर्नुभएको छ । प्रत्येक क्षेत्रमा गुणस्तरीय इन्टरनेटको आवश्यकता पर्ने हुँदा मन्त्री गुरुङको निर्देशनमा नेपाल टेलिकमले द्रुत गतिमा फाइभर लाइन विस्तार तथा इन्टरनेटको काम गरी रहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: