Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो स्थानमा आएका थिए ।

खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आएका छन् ।

गाउँमा बस्दै आएका २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् । दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।

“वर्षातमा खोलाको पानी धमिलो हुन्छ, बाध्यताले त्यही पिउनका लागि प्रयोग गर्छौँ”, उनले भने, “जेठ–वैशाख महिना खोला सुक्ने भएकाले खानेपानीको खोजी गर्दै चुरे पहाडका खोलाखोला चहार्दै हिँड्नुपर्दछ ।” गर्मीका बेला खोला सुक्ने भएकाले चार÷पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उनले बताए ।

“पर्यटकीय क्षेत्र बतासे झर्ना जानका लागि गाउँ भएरै सडक आएको छ । व्यापार÷व्यवसाय बढेको छ । खाने गुजारा चलेको छ”, मोहनसिंह धामीले भने, “एउटै अभाव खानेपानी र विद्युत्को छ । दुवै भए दुर्गममा बस्दै आएका हामीजस्तालाई सुविधा हुने थियो ।”

खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको बताए ।

“धारापानी गाउँका बासिन्दाले दुवै कुराको मसँग माग गरेका छन् । चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध छु”, उनले बताए, “बस्तीमै पुगेर अश्वासन दिएको छु । त्यो पूरा गर्छु । आउँदो आवभित्रै बस्तीमा विद्युत्को भरपर्दो व्यवस्था हुन्छ ।”

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।

वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ । वडाध्यक्ष बहादुरसिंह महरा बस्तीमा बाल विकास केन्द्र सञ्चालन गर्नका लागि पहल भइरहेको बताए । “खानेपानी र विद्युत्का लागि वडाको बजेटले धान्दैन”, उनले बताए, “यसका लागि प्रदेश सरकारसँग समन्वयको कार्य गरिरहेका छौँ । केही महिनाभित्रै खानेपानीको कार्य शुरु हुन्छ । त्यसपछि विद्युत् विस्तारका लागि काम अगाडि बढाउँछौँ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending