वीरगञ्ज । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ ।
जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारी चालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।
जहाँ भन्यो त्यही पु¥याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले इरिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारी साधन चलाउन बाध्य भएको देखिन्छन् ।
ट्याम्पु र इरिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वीरगञ्जले पटकपटक फारम खुलाएर सी—क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले राससलाई बताए ।
पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने ट्याम्पु चालक दिल प्रसादले आफूसँग सवारी चालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०—१५ जनासँग मात्र सवारी चालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शङ्कर गोसाईंको भनाइ छ ।
सवारी चालक अनुमतिपत्रका लागि पटकपटक धाउँदासमेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले रु २५ हजारसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र ट्याम्पु चलाउँदै आएको अधिकांश चालकहरूको गुनासो छ ।
चालकहरू भन्छन्, “विना अनुमतिपत्रले ट्याम्पु र इरिक्सा चलाउँदा बाटोमा ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको छ भने सो जरिवाना तिर्न हाम्रो बाध्यता रहेको छ । सवारी चालक अनुमतिपत्र विना इरिक्सा र ट्याम्पु चलाउने समस्या पर्सा जिल्लाबाहिर अन्य जिल्लामा पनि रहेको छ । धेरैले चालक अनुमतिपत्र बनाइसकेको छ र जसले सवारी चालक अनुमतिपत्र विना चलाइरहेको फेला परेमा त्यस्तोलाई कारवाहीसमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको भनाइ छ ।
पर्सा, बारा र रौतहट गरी यातायात व्यवस्था कार्यालय ९सवारी० वीरगञ्ज शाखामा हालसम्म ३५ हजार ९४७ वटा दर्ता भएका छन् भने २०४४ सालदेखि हालसम्म १४२ इरिक्सा र एक हजार ८८४ वटा ट्याम्पु चालकले मात्र सवारी चालक अनुमतिपत्र लिएको सो कार्यालयले जनाएको छ ।
इरिक्सामा कुनै पनि प्रदेशमा कर लाग्दैन तर प्रदेश नं २ मा प्रति इरिक्सा रु पाँच हजार कर लिने गरेकाले कतिपय इरिक्सा दर्ता विना नै सञ्चालनमा रहेको छ । इरिक्सा र ट्याम्पुको अव्यवस्थित पार्किङले वीरगञ्जका प्रमुख व्यापारिक बजार अस्तव्यस्त बनेको छ भने चालकको लापरवाहीको कारण दुर्घटनासमेत बढेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: