सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पुर्याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताए ।
“नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि वडा नं ४, ५, ६ र ७ गरी चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए”, नगरप्रमुख मन्सुरले भने । स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उनको भनाइ छ । उनका अनुसार केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरूमा भवन निर्माणको काम अन्तिम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुनेछ ।
नगरपालिकाका नौवटा वडा मध्य १, २, ३, ६ र ९ नं वडामा पुरानै स्वास्थ्य संस्था रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ श्ययाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले राससलाई बताए । नगरकै मुटु हरिपुर नगरपालिका–२ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उपप्रमुख रेणुका काफ्लेले बताए । उनका अनुसार हरिपुर नगरपालिका–३ मा फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा सञ्चालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको भए पनि ठेकेदारको लापर्वाहीका कारण भवन निर्माण सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महतोले बताए ।
उनका अनुसार हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरूअन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायत सेवा सञ्चालन भइरहेको छ ।
नगरका नौवटै वडामा रहेको स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाहरूको आफ्नै भवन नभएको भए पनि अन्य सरकारी कार्यालयहरूका भवनको प्रयोग गरी सेवा दिने काम भइरहेको नगरपालिकाले जनाएको छ । आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरूको पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: