काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी रश्मी शाक्य भएकी छिन् ।
ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरिन् । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप भइन भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन भने उनले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भएकी छिन् ।
विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरिन । फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन । थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा हुनुभयो भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भइन ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरिन । उनीले कार्यक्रम हेरेर महिलाका अधिकारका लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागितालाई बढी जोड दिनुपर्ने आवश्यकता औँल्याइन । अध्यक्ष पराजुलीले आगामी दिनमा यस्ता कार्यक्रमसँग हातेमालो गर्दै अझ सशक्तरुपमा महिलालाई जनचेतना तथा अधिकारका बारेमा सचेतना फैलाउन सकिने बताइन । उनले भनिन्, “भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारका लागि सहकार्य गरेर अगाडि बढ्ने आयोगको पनि सोचाइ छ ।”
प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जितिन । त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गरिन ।
कार्यक्रममा निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसिएशन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, वरिष्ठ सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कूलकी डाइरेक्टर प्रिन्सिपल अञ्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश नं १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्विन २०१८ की विजेता सुदीक्षा आचार्य रहनुभएको मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिइन् श।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: