चरीकोट । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ ।
लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । सडक निर्माण गर्न लामो समयसम्म कोरोनाले प्रभाव पारेको र उक्त प्रभावलाई मध्यनजर गरी सरकारले ६ महिनाको समयावधि थप गरेअनुसार तोकिएको समयमानै काम सम्पन्न गर्ने गरी काम भइरहेको लामा कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक जिपछिरिङ शेर्पाले बताए ।
चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक २०१९ मार्चबाट साँढे दुई वर्षमा काम सक्ने गरी लामा कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माण कम्पनीले हालसम्म चरीकोटदेखि तामाकोशीसम्म १७ किलोमिटर र वैत्येश्वर गाउँपालिकाको नाम्दुको बुस्तीसम्मको साँढे दुई किलोमिटर कालोपत्र सम्पन्न गरिसकेको छ ।
तापक्रम मापन गर्दै विभिन्न ठाउँबाट धमाधम कालोपत्रको काम गरिरहेको कम्पनीले अहिले बुस्तीदेखि नाम्दु बजारसम्म कालोपत्रको काम र नाम्दुदेखि मैनापोखरीसम्म सबवेसको काम सकेर बेस हालिरहेको आयोजनाका प्रमुख इन्जिनीयर राजेन्द्र पौडेलले बताए । कोरोनाको कारण र वर्षातको समयमा राम्रोसँग काम गर्न नपाए पनि हिउँदमा तीव्र गतिमा काम भइरहेको कारण मैनापोखरीदेखि जिरीसम्म ८६ प्रतिशत संरचना निर्माणको काम सम्पन्न भइसकेको र यो फागुनभित्र नाम्दुसम्म कालोपत्र गरी ५० प्रतिशत कालोपत्रको काम सम्पन्न गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ठेक्का सम्र्झौता सकिन अझै एक वर्ष बाँकी छ ।
करीब ३५ वर्षअघि स्विस सरकारको सहयोगमा निर्माण गरिएको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक फराकिलो पार्ने तथा कालोपत्रको काम हाल नेपाल सरकारले गरिरहेको छ । स्विस सरकारले ३५ वर्षअघि सडक निर्माण गर्दा नै सडकको केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा ल्याएको थियो ।
हिमाली क्षेत्र दोलखा र सिन्धुपाल्चोकको विभिन्न क्षेत्रको भूभागलाई समेटेर जिरीसम्म धेरै पहिले निर्माण गरेको सडक जीर्ण बन्दै गएका कारण भारतीय एक्जिम बैंकको ऋण सहयोगमा नेपाल सरकारले सडक विस्तारको काम गरेको हो । सडक निर्माण गर्न एक्जिम बैंकले रु तीन अर्ब ७० करोड सहुलियत ऋण लगानी गरेको छ । भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनले रु दुई अर्ब २८ करोडमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: