Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

माछा मार्नेक्रममा स्थानीय खोलामा करेन्ट र विष प्रयोग रोक्न माग

खोटाङ । जनता समाजवादी पार्टी खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको छ । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदाहरण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।

जिल्लाको रावाखोला, साप्सुखोला, बुवाँखोला, टुवाखोला, सावाखोला तथा अन्य साना खोलाखोल्सीमा भएका माछालाई जैविक विविधतामा असर नपुग्नेगरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्नेगरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुरक्षा दलका संयोजक टीकाराम राईले बताए ।

स्वादिलो र सबैको रोजाइँमा पर्ने असला जस्ता माछालाई जिल्लाकै बलियो आयस्रोतको माध्यम बनाउन तथा पर्यटकीय आकर्षणको रुपमा पनि विकास गर्न सकिने संयोजक राईले बताए । गत पुस २५ गते गठन गरिएको १०१ सदस्यीय सुरक्षा दलले पर्यवरणको संरक्षण गर्दै खोलाको माछा मार्ने उपयुक्त विधि अवलम्बन गर्न जिल्लास्तर र पालिकास्तरमा सचेतनामूलक कार्यशालाको आवश्यकता औँल्याएका छन् ।

जिल्लाका कतिपय स्थानीय तहले असला माछा मार्न रोक लगाए पनि करेन्ट तथा विष प्रयोग गरेर मार्ने गरेका छन् । केपिलासगढी गाउँपालिकाले करेन्ट तथा विष लगाएर माछा मारेको जानकारी दिने व्यक्तिलाई पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

यद्यपि, स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम जारी नै रहेको स्थानीय बासिन्दाले बताएका छन् । करेन्ट लगाएर माछा मार्नेक्रममा यही फागुन १२ सकेला गाउँपालिका–४ मात्तिमका ३७ वर्षीय नीरकुमार राईको मृत्यु भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending