Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

डिआइजीसहित दुई हजार चार सय प्रहरी कारबाहीमा

९ साउन, काठमाडौं । एक वर्षमा डिआइजीसहित दुई हजार चार सय ६४ प्रहरी कारबाहीमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ गम्भीर किसिमको भ्रष्टाचारमा संलग्न तीन सय ७५ जनालाई सेवाबाट हटाइएको छ । ३९ जना प्रहरीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । आर्थिक वर्ष ०७१र७२ मा कारबाहीमा पर्ने डिआइजी गोपाल भण्डारी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुखमा कार्यरत रहँदा भ्रष्टाचार गरेकोमा उनी निलम्बनमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक एसएसपी पनि कारबाहीमा परेका छन् । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेशप्रसाद पाण्डे कारबाहीमा परेका हुन् । नेतृत्व क्षमताको अभाव र आर्थिक अनियमितता आरोपमा उनलाई नसियत दिइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन एसपी पनि कारबाहीमा परेका छन् । शेखर कोइराला, प्रदीप श्रेष्ठ र देवबहादुर बोहरालाई प्रहरी मुख्यालयले कारबाही गरेको छ । बाँकेको प्रहरी प्रमुख हुँदा एसपी कोइरालालाई अख्तियारको निर्देशनमा निलम्बन गरिएको थियो । उनको निलम्बन फुकुवा भइसकेको छ । त्यस्तै, एसपीद्वय बोहरा र श्रेष्ठलाई रेकर्डमा जनिने गरी विभागीय कारबाही गरिएको छ । गत आर्थिक वर्षमा नौजना डिएसपी कारबाहीमा परेका छन् । रमेश तामाङ, योगबहादुर पाल, दिनेशकुमार आचार्य, रमेश पोखरेल, रामेश्वर यादव, सागर दुवाललगायत डिएसपी कारबाहीमा परेका हुन् । डिएसपी तामाङलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेकोमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । डिएसपी आचार्यलाई भने नियोजित रूपमा फसाउन खोजेको खुलेपछि निलम्बनको एक महिनापछि अख्तियारले फुकुवा गरेको थियो । त्यस्तै, २६ जना इन्स्पेक्टर, एक सय २९ सइ, एक सय ६३ असइ, ३ सय ७७ हवल्दार र एक हजार सात सय १७ जना जवानमाथि विभिन्न प्रकारको कारबाही भएको छ । २८ जना कार्यालय सहयोगीसमेत कारबाहीमा परेका छन् । गत आर्थिक वर्षमा तीन हजार ६६ प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन एआइजी छन् । एआइजी रमेशशेखर बज्राचार्य र प्रतापसिंह थापा पुरस्कृत भएका थिए । अवकाशप्राप्त एआइजी डा। रामनाथ सिंह पनि पुरस्कृत भएका थिए । चार डिआइजी, १३ एसएसपी, २० एसपी, ८७ डिएसपी र दुई सय ३९ जना इन्स्पेक्टर राम्रो काम गरेबापत पुरस्कृत भएका छन् । तीन सय ६९ जना सइ, चार सय २९ असइ, एक हजार एक सय ६३ हवल्दार, सात सय ३० जवान र ११ जना कार्यालय सहयोगी पनि पुरस्कृत भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending