Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएस समेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्विकारेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending