गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ ।
यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ । रु ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो । असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।
बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ । यो पुलको कूल लागत रु १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो । अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका–७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ । यो पुलका लागि इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको छ ।
बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो । यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ । “अब हामी पनि शहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ”, मालिका गाउँपालिका–२ ताकमका शेरबहादुर विकले भने, “गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझिँदै छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: