Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

भूतमा विश्वास गर्नुहुन्न ? हेर्नुहोस्, यी १० फोटो

\"main\"धेरैजसो मानिसहरु भूतको अस्तित्वमाथि विश्वास गर्दैनन् भने कोही मानिसहरु यससँग डराउँछन् । अब यस्तो अवस्थामा प्रश्न यो उठ्छ कि के साँच्चिकै भूत हुन्छन् त ? सोह्रौ शताब्दी ताका मानिसहरुले भूतप्रेतको विश्वास गरेर सबै हद पार गरेका थिए । त्यतिबेला मानिसहरु टुनामुनामा यति धेरै विश्वास गर्दथे कि कोही मानिसहरु टुनामुनामा संलग्न भएको थाहा पाउने बित्तिकै उनीहरुलाई मृत्युको मुखमा पुर्याइदिने गर्दथे । वास्तविक जे सुकै भएपनि केही मानिसहरु त कल्पनाको शिकार भएर मारिने गर्दथे । तर एउटा कुरा वास्तविक हो कि यो संसारमा यस्ता धेरै शक्तिहरु छन् जसलाई धेरैजसो मानिसहरुले थाहा पाउँदैनन् किनभने यी शक्तिहरु आम मानिसको पहुँचभन्दा बाहिर छ । आत्मा, भूत, प्रेत छ कि छैनन् भन्ने विषयमा थुप्रै वर्षदेखि बहसको विषय बनेको छ तर विज्ञानलाई सर्वोपरी मान्ने मानिसहरु यसलाई विश्वास गर्दैनन् । \"1\"१. एक फोटोग्राफरले जब आफ्नी छोरीको फोटो खिचे तब उनीहरु यो फोटो देखेर अचम्मित भए । \"2\"२. नोरफक इंग्ल्याण्डको रेहम हलमा सन् १९३६ मा क्यामरामा कैद भएको यो छायाँलाई ‘ब्राउन लेडी’ भनिन्छ । उनको नाम लेडी डोरोथी थियो जो चाल्र्स टाउनशेन्ड नामका व्यक्तिका दोस्री श्रीमती थिइन् । ती महिलालाई विश्वासघात गरेको भन्दै सजायँ स्वरुप घरमा नै बन्द गरियो । पछि उनको मृत्यु त्यहिँ भयो । थुप्रै मानिसका साथै जर्ज पाँचौंले पनि ती खैरो महिलालाई देखेको बताएका थिए । \"3\"शिकागोको यो चिहानलाई आफ्नो अचम्मको व्यवहारका कारण बन्द गराइयो । सन् १९९९ मा गोस्ट रिसर्च सोसाइटीका सदस्यले यो चिहानको अनुसन्धानको क्रममा आफ्नो हाइस्पिड इन्फ्रारेड क्यामराबाट थुप्रै तस्बिर कैद गरेको थियो । एक तस्बिरमा निकै पुरानो जमानाको लुगा लगाइरहेकी एक अदृश्य महिला देखिएको थियो । \"4\"खेलको रेकर्डिङ गरिरहेको एक टेलिभिजन ब्रोडकास्ट कम्पनीको क्यामरामा यो दृश्य कैद भएको थियो । भिडियो इन्टरनेटमा भाइरल भइसकेको छ । \"5\"ब्रिटेनको म्यान्चेस्टर सिटीको एक नाइट क्लबमा भूत देखियो । यो भूत क्लबको सिसिटिभी क्यामरामा कैद भयो जसका कारण पूरै शहरमा कोलाहल मच्चिएको थियो । \"6\"यो घटना सन् १९७५ को हो । बर्थलट परिवार दैनिक चर्चमा प्रार्थना गर्न जान्थ्यो । त्यतिबेला श्रीमती बर्थलट एन्टीबायोटिक्समा बाँचिरहेकी थिइन् । उनी बेन्चमा बसेर प्राथना गरिरहेकी थिइन् भने टाढा बसिरहेका उनका श्रीमान उनको फोटो खिचिरहेका थिए । जब तस्बिर धुलाइयो तब उनको श्रीमतीको पछाडि सेतो रङकी महिलाको भूत बसेको थियो । \"7\"डिसेबल होटल रोमानिया देशको सबैभन्दा पुरानो होटल हो । मानिसहरुको मान्यता अनुसार यो होटल एक ठूलो प्राचिन जमीनमा गाडिएको खजानामाथि बनको छ र एक कालो छायाँले त्यसको रक्षा गर्दछ । सन् २००८ मा मानिसहरुको यो मान्यता वास्तविकमा परिणत भएको थियो जब ३३ वर्षीय भिक्टोरिया इवोनले एक काला छाँया भएको महिलाको तस्बिर कैद गरिन् । \"8\"सेन एन्टोनियोमा रेलरोड क्रसिङमा अदृश्य महिलाको भूत क्यामरामा कैद भयो । भूतको खिचिएको तस्बिरमध्ये यो तस्बिरको सबैभन्दा बढि चर्चा भएको छ । यहाँ केही वर्ष पहिले स्कूलको एक बालकको काटिएर मृत्यु भएको थियो । मानिसहरुका अनुसार यो ठाउँमा एक अधबैंसे महिलालाई नाइट ड्रेसमा देखिन्छ । उनीसँगै एक टेडी बियर अथवा कुकुर पनि देखापर्छ । \"9\"धेरैजसो मानिसहरुले दाबी गर्छन् कि प्रेम साँचो हुन्छ भने मानिसहरु कहिले पनि टाढिन सक्दैनन् । डेनिस रसेल आफ्ना नाती नातिनासँग पिकनिकको मजा लिइरहेकी थिइन् । उनको एक तस्बिरमा उनको श्रीमानको भूत देखियो । केही वर्ष पछि हजुरआमा डेनिसको पनि मृत्यु भयो । उनको बच्चाहरुको सन् २००० मा क्रिसमस पार्टीको आयोजना गरे । पार्टीको तस्बिर लिने क्रममा उनीहरुका स्वर्गीय हजुरआमाका साथै हजुबुवाको छायाँ पनि उक्त तस्बिरमा कैद भयो । \"10\"लर्ड कम्बरम्यान बारबडोसको गर्भनर थिए । सन् १८९१ मा उनको एक दुर्घटनामा मृत्यु भयो । उनको करियरको क्रममा उनलाई अफिसको लाइब्रेरीमा राखिएको कुर्सी निकै मनपर्दथ्यो । उनको अन्तिम संस्कारको क्रममा सिबेल कार्बेटले लाइब्रेरीमा एउटा क्यामरा जडान गरेका थिए । जब क्यामराद्वारा खिचिएको तस्बिरलाई धुलाइयो तब कम्बरमेर आफ्नो कुर्सीमा बसिरहेको देखिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies