Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

राजवंशीलाई जातिजातिमा सूचीकृत गरिने : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट) लाई १२८औँ जातजातिमा सूचीकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा यहाँ आयोजित १४ औं वृहत् भेलामा उनले अहिलेसम्म १२५ जातजाति सूचीकृत भएको र अन्य दुईसहित यो समुदायलाई पनि सूचीकृत गर्न चाँडै सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने विश्वास दिलाए।

मन्त्री ढकालले राजवंशी समुदाय यस क्षेत्रको आदिवासी तथा भूमिपुत्र हुनका साथै रैथाने समुदाय भएकाले उनीहरुलाई राज्यबाट सम्मान गर्ने कार्यका कहिले विभेद नहुने बताए । उनले विगत १४ वर्षदेखि सूचीकृत हुन आन्दोलित यस समुदायलाई त्यसअघि सरकारले नगरेकामा दुःख व्यक्त गर्दै वर्तमान सरकारले आन्दोलन नगरी अधिकार प्रदान गर्ने विश्वास दिलाए।

मन्त्री ढकालले राजवंशीलाई आदिवादी जनजातिमा सूचीकृत गरी प्रदान गर्नुपर्ने सुविधा प्रवाह गरेको बताउँदै यस सम्बन्धमा अन्य कुनै अर्को समुदायले सुविधा उपयोग गरेका सम्बन्धमा चनाखो हुन आग्रह गरे। उनले वर्तमान अवस्थामा हिमालले मात्र पर्यटन प्रवद्र्धन नहुनाले राष्ट्रमा रहेका मौलिक संस्कार, भाषा, संस्कृति, खाद्य परिकार, पहिरन र धर्मलाई जोडेर जानुपर्ने आवश्यकता औँल्याए।

समिति ९विराट० का केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले राजवंंशीको अलग्गै, भाषा, पहिचान एवं संस्कृति भएपनि विगत १३ वर्षदेखि राज्यले सूचीकृतका लागि सम्बोधन नगरेकामा गुनासो व्यक्त गरे। नेकपाका केन्द्रीय सदस्य सत्यनारायण चौधरी, थारु कल्याणकारी सभाका मोरङ अध्यक्ष प्रदीप भगत, राजवंशी संस्कृतिका अध्यक्ष कुशेश्वर राजवंशी, गुप्त नारायण मण्डल, राप्रपा मोरङ अध्यक्ष माधव आचार्य, राजकुमार राजवंशी, कला राजवंशी र प्रदीपकुमार विश्वासले समुदायका सम्पूर्ण सदस्यहरुले आगामी विसं २०७८ हुने राष्ट्रिय जनगणनामा राजवंशी९विराट० उल्लेख गर्नुपर्नेमा जोड दिए ।

मोरङ, झापा र सुनसरीमा अधिकांश राजवंशी९विराट०हरुको वासोबास रहेको र उनीहरुको जनसङ्ख्या एक लाखभन्दा वढी रहेको समुदायका सदस्य सूर्यनारायण राजवंशीले जानकारी दिए। राजवंशी समुदायमा पुरुषले धोती, गम्छा र पाइजामा लगाउने गर्दछन् भने महिलाको सारी र चोलो पहिरन रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending