विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताएका छन्। प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उनले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिए।
उनले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड–१९का कारण प्रतिकूल परिस्थितिका बाबजुद निकै उत्साहजनक प्रगति हासिल गरेको बताए।
मुख्यमन्त्री राईले नेपाल सरकारले तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षासँग तादात्म्य मिलाउँदै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को प्रादेशिक लक्ष्य निर्धारण गरी आम जनताको समृद्धि र समुन्नतिको आकांक्षालाई आत्मसात गर्दै दृढ सङ्कल्पका साथ अघि बढिरहेको धारणा राखे। सरकार जनमुखी भई चुस्त सेवा प्रवाह गर्न तथा पारदर्शी एवं जवाफदेहितायुक्त सुशासन प्रवद्र्धन गर्दै अगाडि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे।
उनले तीन वर्षको अवधिमा सरकारले स्वच्छतामा करीब आठ प्रतिशत, समुन्नतिमा ४५ प्रतिशत र सुखमा ४७ प्रतिशत कार्यक्रम रहेको जानकारी दिँदै प्रदेश सरकारले ४९ कानून, २४ नियमावली, १० निर्देशिका, २८ कार्यविधि र एक÷एक मापदण्ड र गठन आदेश गरी कूल ११३ कानूनी दस्तावेज तयार गरी संस्थागता आधार तयार गरेको प्रष्ट पारे।
मुख्यमन्त्री राईले कोरोना जनसुरक्षा कोषमा रु २५ करोड स्थापना गरी सरकारले १० दिनमा कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्र निर्माण गरेको उल्लेख गर्दै चीनको स्वशासित राज्य तिब्बतबाट रु १० करोड बराबरको उपचार सामग्रीको सहयोगसहित स्वीस सरकारको उल्लेखीय सहयोग प्राप्त भएको जानकारी दिए। उनले प्रदेशमा स्वदेशी र विदेशी लगानीका लागि प्रदेश लगानी प्राधिकरण गठन गरिएको बताए।
उनले प्रदेशमा ४५ हजार १८९ जनाको रोजगारी सिर्जना भएको बताउँदै विराटनगरलाई नेपालको पूर्वी हवाई पर्यटकीय द्वारका रुपमा परिणत गर्ने काम भइरहेको जानकारी गराए। खाद्यान्नमा प्रदेश आत्मनिर्भर अवस्थामा रहेको जानकारी दिँदै मुख्यमन्त्री राईले विपद् व्यवस्थापन, सूचना तथा सञ्चार क्षेत्रमा, सिँचाइ विकास, जलउत्पन्न प्रकोप व्यवस्थापन, ऊर्जा विकास, खानेपानी विकास तथा सरसफाइ र सडक यातायातमा सरकार लागि परेको जानकारी दिए। उनले प्रदेश सरकारको तीन वर्ष कार्यकालको अवसरमा सबै प्रदेशवासीलाई शुभकामना पनि दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: