वाग्मती । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जको जमीन हिनामिना भएको छ । रु ३० करोडभन्दा बढी मूल्य बराबरको सात कट्ठा १५ धुर सरकारी जमीन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानबिन एवम् संरक्षण गर्न माग गरिएको छ ।
वीरगञ्ज महागनरपालिका–१४ मा रहेको उक्त कार्यालयको कम्पाउन्डभित्रको पूर्वपट्टिको सात कट्ठा १५ धुर जमीन मालपोत कार्यालय पर्साबाट व्यक्तिको नाममा दर्ता भएकाले जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरीसमेत गरिएको छ ।
वीरगञ्जका जहरुद्दिन अंसारीको नाममा मालपोत कार्यालय पर्साबाट २०६३ सालमा उक्त जमीन दर्ता भएको र उनीले लिखितरुपमा दाबी गरेपछि सो कार्यालयले सत्यतथ्य छानबीनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ ।
जमीनको मूल्य बढेको र अंसारीको दाबीसमेत भएपछि सिँचाइ कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङसमक्ष जमीनको सुरक्षा माग गरेका छन् ।
कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिँचाइ कार्यालयको त्यहाँ १० बिघाभन्दा बढी जमीन रहेको त्यसमध्ये सात कट्ठा १५ धुर जमीन पनि कार्यालयको रहेको प्रमाणसहित दाबी गरिएको छ । त्यो सम्पूर्ण जमीन २०३२ सालमा मुआब्जा दिएर खरीद भएको उनले लिखित प्रमाण देखाएका छन् ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार तत्कालीन नेपाल सरकारद्वारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ति ऐन २०१ अनुसार साबिक जिल्ला वारा वहुअरी गाउँपञ्चायत वडा नं ७ को कित्ता नं ०४ को सात कट्ठा १५ धुर जग्गा साबिक कार्यालय नारायणी अञ्चल सिँचाइ विकास योजनाको घरहरु निर्माणको निमित्त उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ बमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरीद भएको थियो ।
उक्त जग्गा पिप्रा पञ्चायत–९ बस्ने सिलाखत मियाँको नाममा मकवानपुर मालबाट २०३० सालमा अंशबण्डा भई कायम भएको प्रमाणका आधारमा नारायणी अञ्चलाधीश कार्यालय वीरगञ्जको च नं २०७८ मिति २०३२÷०१÷२६ को पत्रबाट आवासीय घरहरु निर्माणका लागि निज सिलाखत मियाँको नामको कित्ता नं ४ को सो जग्गा तत्कालीन अञ्चल सिँचाइ विकास योजनाले अधिग्रहण गरी लिने निर्णय गरेको बताइएको छ । विसं २०३१÷०२÷०४ को निर्णयबमोजिम प्रतिकट्ठा रु एक हजारका दरले मुआब्जा रकम सम्बन्धित जग्गाधनीले बुझी लगिसकेको हुँदा निज व्यक्तिको नामबाट लगत कटा गरी जग्गा प्राप्ति ऐन २०१८ को दफा १७ बमोजिम तत्कालीन सिँचाइ विकास योजना वीरगञ्ज हाल (नारायणी सिँचाइ व्यवस्थापन वीरगञ्ज पर्साको) नाममा नामसारी दर्ता गरी जानकारी दिनु हुन भनी भूमि प्रशासन कार्यालय बारा कलैयाको नाममा पत्र प्रेषित भएको थियो ।
सिलाखत मियाँको मृत्युपश्चात् निजको चार छोरामध्ये तीन छोराको मञ्जुरी सनाखतले निजको साहिलो छोरा जहरुद्दिन अंसारीको नाममा गलत मनसाय राखी मालपोत कार्यालय पर्साले नाम सारी गरेको मिसिल फाइलसहित जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रमुख मिश्रले जानकारी दिए ।
उक्त जग्गा कार्यालयको आवासीय भोगचलनमा रहेकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सुरक्षाको माग गरिएको छ । त्यहाँ कम्पाउन्डमा रहेको सानो घर मुआब्जा दिएर सो कार्यालयले खरीद गरेको बताइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: