खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।
राष्ट्रिय पिपिआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताए । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पिपिआरविरुद्धको खोप दिइरहेका छन् ।
महामारीका रूपमा फैलिन सक्ने पिपिआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पिपिआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उनले भने, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।”
पिपिआरविरुद्धको खोप सातवटै वडामा सात दिनसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । हप्ता दिनको अवधिमा खसीबाख्रा तथा भेडापालक किसानले सम्बन्धित वडाका जनप्रतिनिधि एवं पशु प्राविधिकसँग समन्वय गरेर खसीबाख्रा र भेडालाई खोप दिनसक्ने गाउँपालिकाले जनाएको छ ।
भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआरविरुद्धको खोप निःशुल्क उपलब्ध गराएको गाउँपालिका प्रमुख राईले बताए । गत वर्ष पिपिआर रोगका कारण वडा नं २ डाँडागाउँका दीपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फार्मको एक बोयर बोकासहित २२ बाख्रा मर्दा खोर नै रित्तिएको थियो ।
यसअघि जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेको बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित थिए । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुने, छेर्नेलगायतका लक्षण देखिएको केही दिनमै बाख्रा मर्ने गरेको किसानले बताएका थिए ।
अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानको खोर नै रित्तिएको स्थानीय बासिन्दाले बताएका छन् । अज्ञात रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन् । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । स्थानीय तह लागू भएपछि जिल्लाका अधिकांश किसानले व्यावसायिकरूपमा बाख्रापालन शुरु गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: