Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

नवलपुरमा ११ हजार मतदाता थपिए

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा एघार हजार बढी मतदाता थपिएका छन् । ‘नवलपुर’मा गत निर्वाचन भन्दा ११ हजार ४०९ नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण शर्माका अनुसार गत निर्वाचनका समयमा नवलपुरमा कूल दुई लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए । नयाँ मतदाता थपिएसँगै यो सङ्ख्या बढेर हाल कूल मतदाता सङ्ख्या दुई लाख ३३ हजार १२३ पुगेको हो ।

नवलपुरमा हाल एक लाख २३ हजार ५५२ महिला, एक लाख नौ हजार ५६७ पुरुष र तेस्रो लिङ्गी चार मतदाता रहेका छन् । यही माघ १६ र १७ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिएको थियो । मृत्यु भएका, बसाइँसराइ गरेका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएकालगायतका मतदाताको सङ्ख्या घट्ने उनले बताए ।

नवलपुरमा अद्यावधिकबाट करीब ३० मात्रै मतदाता घट्नसक्ने देखिएको कार्यालयले जनाएको छ । मृत्यु भएकाको नामावली आए पनि नागरिकता नम्बरसहित नआउँदा मतदाता नामावलीबाट नाम हटाउन नसकिने हुँदा कम मात्रमा सङ्ख्या घट्ने देखिएको छ । मृत्यु भएका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन एकाघरपरिवारका सदस्यले खासै चासो नदिँदा यो सङ्ख्या घट्ने अवस्था कम भएको उनले बताए । अद्यावधिकपछिको मतदाता नामावलीको विवरण निर्वाचन आयोगमा पठाइने र आयोगले अन्तिम नामावली पठाएपछि एकिन मतदाताको सङ्ख्या थाहा हुने प्रमुख शर्माले जानकारी दिए ।

यस्तै जिल्लामा एउटा नयाँ मतदानस्थल थप हुने भएको छ । केही मतदानस्थल सार्ने तथा केहीको नामावली सच्याइने कार्यालय जनाएको छ । मध्यविन्दु नगरपालिका –१३, नम्बर वडामा पर्ने कोटथर भन्ने स्थानका– ३५० जना मतदाता २५ किलोमिटर एकोहोरो यात्रा गरेर मत हाल्न दुवाकुन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको कारण कोटथरमा रहको कालिका मन्दिर सामुदायिक भवन खोप केन्द्रमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी हुप्सेकोट गाउँपालिका–४ स्थित साविक गाविस भवनमा रहेको मतदानस्थललाई हुप्सेकोट गाउँपालिकामा सार्ने भएको छ । मध्यविन्दु नगरपालिकामा पर्ने नारायणी स्वास्थ्यचौकीमा रहेको मतदानस्थलमा अहिले वडा कार्यालय स्थापना भएकाले नाम परिवर्तन गर्ने र जिल्लाका विभिन्न स्थानका साविकका केही मतदानस्थलको नाम परिवर्तन गर्नुपर्ने देखिएकाले ती नामलाई परिवर्तन गर्ने समेत निर्णय भएको कार्यालय प्रमुख शर्माले बताए ।

सरकारले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन कार्यालयले मतदाताको नामावली अद्यावधिक गर्ने काम सकेको छ ।

प्रदेश निर्वाचन क्षेत्रमा ९९ योजना छनोट

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ९९ योजना छनोट गरिएको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्लाका चार निर्वाचन क्षेत्रमा ९९ योजना छनोट गरिएको हो ।

प्रदेशको निर्वाचन क्षेत्रमा प्रत्यक निर्वाचन क्षेत्रका लागि रु दुई करोड विनियोज हुँदै आएको छ । यहाँ रहेका चार निर्वाचन क्षेत्रका लागि प्राप्त रु आठ करोड बजेटबाट ९९ योजना छनोट गरिएको हो ।

प्रदेशसभा सदस्यले नवलपुरका चार निर्वाचन क्षेत्रका लागि चालू आर्थिक वर्षको बजेटबाट ९९ योजना छनोट गरेका हुन् । प्रदेशको एउटा निर्वाचन क्षेत्रमा बढीमा २५ योजना छनोट गर्नुपर्ने प्रावधानअनुसार तीनवटा क्षेत्रमा २५/२५ का दरले योजना छनोट गरिएको छ । नवलपुरको निर्वाचन क्षेत्र २ (ख) मा भने २४ योजना छनोट गरिएको छ ।

छनोट गरिएका योजनामा धेरैजसो पूर्वाधार तर्फ सडकको स्तरोन्नति योजना रहेका छन् । चारवटै क्षेत्रमा सडक निर्माणका योजना धेरै रहेका छन् । यस्तै शिक्षा तर्फ विद्यालयका भवन निर्माण, पर्खाल निर्माण, कृषि तर्फ केही सिँचाइका लागि बाँध कुलो निर्माण मठ, मन्दिर निर्माणका योजना छनोट गरिएको छ ।

समाजिक सङ्घ संस्थाका भवन निर्माण र खेलकूद तर्फका योजनासमेत चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा समेटिएको छ । चालू आर्थिक वर्षमा सडक स्तरोन्नति, शिक्षा, कृषि, खेलकूदलगायतका क्षेत्रलाई प्राथमिकता दिएर योजना छनोट गरिएको नवलपुर १ ९ख०का गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले बताए ।

उनले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकतालाई ध्यानमा राखी प्राप्त रकमको अधिकतम सदुपयोग हुने गरी आफूले यस वर्षका लागि योजना छनोट गरेको जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा प्रायः उस्तै खालका योजना छनोट गरिएका छन् । छनोट गरिएका योजना कार्यान्वयका लागि यस वर्ष पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिइएको छ । गत वर्षसम्म जलस्रोत तथा सिँचाइ विकास डिभिजनमार्फत प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन हुँदै आएकोमा यस वर्षदेखि पूर्वाधार विकास कार्यालयमार्फत काम गर्न लागिएको पूर्वाधार विकास कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख रवीन्द्र तिवारीले बताए ।

प्रदेशसभा सदस्यले छनोट गरेका योजनाको विवरण आफ्नो कार्यालयमा प्राप्त भएको र यसको कार्यान्वयनको चरणमा आफूहरु लाग्न थालेको उनले जानकारी दिए । योजना चालू आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने गरी प्रत्येक योजनाको कार्यान्वयनका लागि प्राविधिकलाई जिम्मेवारी बाँडफाँड गरिएको कार्यालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies