Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

म्याग्दीको दुर्गममा क्षेत्रमा स्वास्थ्यचौकी स्थापना

म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई राहत मिलेको छ । साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।

गाउँपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको धारापानीका किरन थापाले बताउ । “यसअघि सामान्य बिरामी हुँदा पनि करिब एक घण्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो”, उनले भने, “स्वास्थ्यचौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”

धारापानीमा गत साउनमा शुरु भएको सामुदायिक स्वास्थ्य एकाइलाई २०७७ पुस दोस्रो हप्ता भएको विशेष गाउँसभाको निर्णयानुसार स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।

किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्यचौकी स्थापना भएको हो । तीनमध्ये दुईवटा कोठा स्वास्थ्यचौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् । एक अहेव र एक अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । “सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्छौँ”, उनले भने, “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौँ ।”

स्वास्थ्यचौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यस वर्ष विनियोजन भएको रु ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया शुरु गरेको छ । सात वडा रहेको धवलागिरिमा धारापानीसहित आठ स्वास्थ्यचौकी छन् । भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्यचौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ, ताकम र मराङ स्वास्थ्यचौकीको भवन यसअघि नै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा छ । मुदी स्वास्थ्यचौकीको पनि आफ्नै भवन छैन ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending