लमजुङ । यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् ।
गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण गरिएको जस्तापाताको टहरामा बस्नलाई समस्या हुने गरेको उनीहरूको भनाइ छ । चारैतिर जस्तापाताले अस्थायी टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौसममा बिहान शीतले ओछ्यान भिज्ने गरेको गीता मगरातीले बताए । उनले भने, “घाम नलाग्ने बेलामा भित्र बस्दा पनि चिसो हुने गरेको छ, त्यही माथि जस्तापाताको बार र छानो रहेकाले शीतले गर्दा सुत्न बस्नलाई समस्या भइरहेको छ । हामी उमेर पुगेकालाई त जसोतसो गरेर पनि हुन्थ्यो, मेरो त पाँच र १५ महिनाका दुई बच्चा छन्, झनै समस्या भएको छ ।”
उनीहरूलाई चिसोका समयमा परेको शीतले गर्दा टहराभित्र राख्दा पनि चिसोले बिरामी भइरहेको उनले भने । त्यस्तै अञ्जु मगरातीले भने, “टिनको टहरा भएकाले शीत पर्छ, त्यस्तैले भकारी राखेर शीत तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शीत ओछ्यानमै छिर्ने गरेकाले समस्या उत्पन्न भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजे पनि चिसो नै हुने गरेको छ”, उनले गुनासो गरे । उनीहरू मात्र होइन यहाँ बसेका धेरै परिवारमा नौदेखि १० महिनाका बालबच्चा बढी रहेकाले उक्त समस्या उनीहरूमा पनि उस्तै छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरोपीडित तारा अछामीले बताए ।
उनले भने, “यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन् । तत्काल समस्या समाधान होलाजस्तो छैन ।” यहाँका बाढीपहिरो पीडितले स्थिररूपमा दिगो हुने गरी यहाँको समस्या समाधान छिटो गरिदिन सरकारलाई आग्रह गरेका छन् । यस वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले भने, “यो समयमा चिसो त भइहाल्छ, तर उनीहरूले चिसोले समस्या भयो भनेर गुनासो नगरेका छैनन् ।” उनका अनुसार उनीहरूका विविध समस्या समाधानका लागि वडा कार्यालयदेखि पालिकाले बाढीपहिरा पीडितका लागि निजी आवास पुनःनिर्माणको प्रयास गरेको छ । केही दिनअघि मात्र प्रदेश सरकारलाई यसबारे जानकारी गराउँदै निजी आवास पुनःनिर्माणका लागि आग्रह गर्छौँ । यससम्बन्धी प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरूको निजी आवास पुनःनिर्माण कार्य अगाडि बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताए ।
विभिन्न सङ्घसस्थाले गरेको सहयोग रकममध्ये रु एक करोड रहेको र सो रकम उनीहरूलाई जग्गा खरिदका लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनःनिर्माणका लागि बाढीपीडितले जग्गा खोज्न थालेको वडा कार्यालयले जनाएको छ । सो अवधिमा बाढीपहिरोले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पूर्ण क्षति, ३२ घर आधाजस्तै भत्किएको र २८ घर उच्च जोखिममा परेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: