Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीलाई कोरोना विरुद्धको खोप

तनहुँ । तनहुँमा लक्ष्यभन्दा १०९ प्रतिशत बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शनिबारसम्म एक हजार ८३० जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् । कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले एक हजार ६४ महिला र ७६६ पुरुषले कोभिड खोप लगाएको जानकारी दिए । उनका अनुसार खोप अभियानको ११औँ र अन्तिम दिन शनिबार ४७ महिला र २१ पुरुष गरी ६८ जनालाई खोप लगाइएको छ । जिल्लामा एक हजार ६७९ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो ।

यसअवधिमा ६७७ स्वास्थ्यकर्मी, २३८ स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, ३३० महिला स्वास्थ्य स्वयंसेविका, २७ सरसफाइकर्मी, १६ एम्बुलेन्स तथा शववाहन चालक, आठ शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, २५५ वृद्धाश्रममा रहेका व्यक्ति र २७९ जेलमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई खोप लगाइएको छ । “खोप लगाएकालाई सामान्यबाहेक अन्य जटिल लक्षण देखिएको छैन”, अधिकारीले भने । उनका अनुसार खोप लगाएकालाई पुनः चार हप्तापछि अर्को खोप दिइनेछ ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका ६४३, म्याग्दे गाउँपालिकाका ६४, ऋषिङ गाउँपालिकाका ६७, शुक्लागण्डकी नगरपालिकाका १८८, भीमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ६०, भानु नगरपालिकाका १३६, बन्दीपुर गाउँपालिकाका १२४, आँबुखैरेनी गाउँपालिकाका ८७ र देवघाट गाउँपालिकाका ३३४ लाई खोप लगाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending