महोत्तरी । कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लामा महोत्तरी कारागारका ४६० कैदीबन्दीलाई यो खोप दिइएको छ । प्रथम चरणमा यो खोप चिकित्सक÷स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइने गरी प्राथमिकता निर्धारण गरिएको थियो । यद्यपि खोप लिन अस्पताल आउनेको सङ्ख्या अपेक्षाअनुसार नभएको कार्यालयले जनाएको छ ।
“हामीले अभियानका पहिला तीन दिन जलेश्वर अस्पतालबाट खोप अभियानको सेवा दियौँ, त्यसपछि बर्दिवास अस्पतालबाट पनि खोप दिन थालिएको छ”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “खोपबारे सामाजिक सञ्जालमा फिजाइएका अनावश्यक भ्रमले उत्साहपूर्ण सहभागिता नभएझै लाग्छ ।” खोपको गति निकै सुस्त रहेको झाको स्वीकारोक्ति छ ।
“खोप एक दिनमा ५०० लाई लगाउन सकिन्थ्यो, यो गति हुँदा हामीलाई प्राप्त २४३ भाइल बढीमा पाँच दिनभित्र सकिनुपथ्र्यो”, झाले भने, “तर एक साता बित्दासम्म बल्ल हामी लक्ष्यको नजिक पुग्न सक्यौँ।” एउटा भाइलबाट १० जनालाई खोप दिन सकिने स्पष्ट पार्दै झाले कारागारका कैदीबन्दीले भने खोपमा उत्साहपूर्ण सहभागिता जनाएका बताए ।
फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेका बुझिएको छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । खोप लिँदा कसैकसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो स्वतः आफैँ ठिक हुँदै जाने जनस्वास्थ्य निरीक्षक झाले बताए । यद्यपि यस्तो लक्षणबारे महोत्तरीमा अहिलेसम्म कतैबाट गुनासो नआएको कार्यालयले स्पष्ट पारेको छ । कोभिशिल्ड खोप खास अवसर भएकाले यो सेवा लिन उत्साहपूर्ण सहभागिता जनाउन कार्यालयले अपिल गरेको छ ।
प्रथम चरणमा प्राप्त खोप भाइल सकिनै लागे पनि छिमेकका जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक मात्रा तत्काल उपलब्ध हुने अवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ । “कोभिशिल्ड खोप हाम्रा लागि खास अवसर हो”, जनस्वास्थ्य निरीक्षक झाले भने, “सामाजिक, राजनीतिक र अन्य सम्वद्ध सबै क्षेत्रले यसबारे निर्धक्कसाथ उत्प्रेरणा जगाएपछि सहभागिता बढ्नेछ ।”
जलेश्वर अस्पतालबाट प्रारम्भ गरिएको कोभिशिल्ड खोप सेवा बर्दिवास अस्पतालबाट पनि दिइँदैछ । यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा विस्तार गरिने कार्यालयले जनाएको छ । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।
कारागारका कैदीबन्दीले अभियानको प्रारम्भिक चरणमै खोप लिन पाएपछि खुशी व्यक्त गरेका छन् । “हामी जेलभित्र रहेकाहरुलाई सम्झन्छन् सम्झँदैनन् भन्ने लागेको थियो”, महोत्तरी कारागार जलेश्वरका एक थुनुवाले भने, “माहामारीविरुद्धको खोप लिन पाइयो, खास कुरा पाइयो भन्ने लागेको छ ।” खोप लिएको तीन दिन भइसक्दासम्म कुनै अस्वभाविक लक्षण केही महसुस नगरिएको कैदीबन्दीको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: