Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विप्लव माओवादीकाे बन्द कहाँ कस्ताे ?

\"Arrested-Biplob-Maoist-cadres\"८ साउन, काठमाडौं । लिपुलेक संझौता सच्चाउन भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको एक दिने बन्दको क्रममा शुक्रबार राजधानी सहित विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ ।  राजधानीबाट एकाविहानै सयौंको संख्यामा कार्यकर्ता पक्राउ परेपछि पछिल्लो समय भने बन्दको प्रभाव कम हुँदै गएको छ । महानगरिय प्रहरी परिसरका अनुसार हाल सम्म ६८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको कालीमाटी, बालाजु,  कोटेश्वर , रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको परिसरका विश्व पोखरेलले जानकारी दिए । राजधानीको कलंकी क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलिरहेका छन् । काठमाडौं बाहिरिने सार्वजनिक सवारी साधन चलिरहेका छन् भने काठमाडौं भित्र चत्रपथ क्षेत्र परिक्रमा गर्ने केही सवारी साधनले यात्रीहरु ओसारपसार गरिरहेका छन् । मोटरसाईकल स्कुटर लगायत साना सवारी साधन चलिरहेका छन् । त्यस्तै कालीमाटि क्षेत्रमा पनि बन्दको खासै प्रभाव छैन । सवारी साधन चलिरहेका छन् यद्धपी पसलहरु भने बन्द छन् ।  बन्दकर्ता भने सडकमा छैनन् । महानगरिय प्रहरीवृत कालीमाटीका प्रहरी नायव उपरिक्षक यज्ञ विनोद पोखरेलका अनुसार कालिमाटी क्षेत्रका कार्यकर्तालाई प्रहरीले विहानै पक्राउ गरि महानगरिय प्रहरी परिसर हनुमानढोका पठाइएको छ । बालाजु गङ्गबु क्षेत्रमा भने कार्यकर्ताको बाक्लो उपस्थिति छ । प्रहरीले ९ बजे झण्डै दर्जन कार्यकर्ता पक्राउ गरेको थियो । माओवादीको कलाकार टोली सामना सांस्कृतिक परिवारले सांगितिक कार्यक्रम गरिरहेको बेला प्रहरीले उनीहरु माथि धरपकड गरि  लाठिचार्ज गरेको थियो । लाठिचार्जबाट आधा दर्जन महिला कलाकार घाइते भएको समेत सो क्षेत्रबाट मुक्तान थेवाले खबरडबलीलाई जानकारी दिए । कोटेश्वर क्षेत्रमा बन्दकर्ता छैनन् । छिटफूट रुपमा भाडाका सवारी साधन चलिरहेका छन् ।  दुई पांग्रे सवारी साधन भने बाक्लो चलिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending