Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

लामो समयदेखि वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

देउखुरी । लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ ।

दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरीले बताए ।

तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौँ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरीले बताए । घोराही–११ का किसान रेशम बस्नेत आकासेपानीको भरमा हिउँदेखेती गरिंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताए । ‘‘जमीन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ । यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’’, उनले जनाए ।

दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ । दाङ जिल्लाको कूल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमीनमध्ये खेतीयोग्य जमीन ६९ हजार ९५० हेक्टर रहेको छ । दाङमा कूल खेती गरिएको जमीन ६५ हजार ९८० हेक्टरमा खेती गरिएको छ ।

जिल्लामा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार २११ हेक्टर रहेको छ । हिउँदको समयमा पानी नपरेको हुँदा बाली उब्जनी नहुने र बाँझै रहने सङ्केत देखिएको छ ।

पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहुँदा यसपटक हिउँदेबाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने प्रमुख धितालले बताए । हिँउदे वर्षा बालीनालीका लागि अमृत समान हुन्छ । उहाँका अनुसार हिउँदमा वर्षात् नभएका कारण अन्नबालीलाई क्षति पुर्याउने देखिन्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending