Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

बन्यो त्रियुगाको पानी स्वच्छ र पिउनयोग्य

उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बन्न पुगेको छ भने नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ । पाँच वर्षअघि नै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकाको अगुवाइमा त्रियुगा नदी सरसफाइ अभियान तीव्ररुपमा सञ्चालन गर्दै आएको र जताततै फोहर गर्ने कार्यलाई निगरानी गर्ने र रोक लगाएपछि अहिले यस नदीको पानी स्वच्छ र पिउनयोग्य बन्न पुगेको छ ।

प्रत्येक महिना पहिलो हप्ता र अन्तिम हप्ता जनप्रतिनिधिको नेतृत्वमा त्रियुगा नदी क्षेत्र आसपास सरसफाइ अभियानलाई निरन्तर जारी राखेपछि अहिले नदीको पानी ५० वर्ष अगाडिको जस्तै स्वच्छ र सफा बन्न पुगेको नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए । अब त्रियुगा नदी ५० वर्षअघिको अवस्थामा नै स्वच्छ भएर फर्कन पुगेका कारण अब यो स्वच्छतालाई सबैले कायम राख्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे । त्रियुगा शान्तिधाम व्यवस्थापन समिति गाईघाटका अध्यक्ष गिरिराज खतिवडा भन्छन्, “त्रियुगा नदी हिजो बाजे पुर्खाको पालादेखि पवित्र धाम पनि हो, विगतमा नदी क्षेत्र धेरै नै फोहर र पानी प्रदूषित बन्न पुगे पनि अहिले सरसफाइ अभियानबाट नदीको पानी स्वच्छ र नदी क्षेत्र सफा बनेको छ भने नदीको पानीले नुहाउन र नदीको जल विभिन्न शिवमन्दिरमा लगेर जल चढाउन सकिने भएको छ ।”

केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा नै त्रियुगा नदी आसपास किनार क्षेत्रमा जाने र फोहर गर्ने, दिसा, पिसाव गर्ने तथा गाईघाट बजार क्षेत्रका फोहर फाल्ने डम्पिङ स्थल बन्न पुग्दा त्रियुगा नदी क्षेत्र र नदीको पानी फोहर र प्रदूषित बन्न पुगेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका रत्नप्रसाद पोखरेलले बताए । अहिले त्रियुगा नगरपालिकाको सक्रियतामा प्रत्यक महिना दुईपटक नदी सरसफाइ गर्ने र यस क्षेत्रमा फोहरमैला तथा दिसा, पिसाव गर्न प्रतिबन्ध गर्ने र त्रियुगा नगरपालिकाले दैनिक अनुगमन गर्ने कार्य शुरु गरेपछि अब त्रियुगा नदी क्षेत्र स्वच्छ बन्न पुगेको र नदीको पानी स्वच्छ बनेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले बताए ।

त्रियुगा नगरपालिका वडा नं ११ का ६८ वर्षीय चञ्चलाल बोट पनि त्रियुगा नदी स्वच्छ र सफा बनेपछि खुशी हुनुहुन्छ । उनले भने, “हिजो हामी सानो छँदा त्रियुगा नदीको पानी स्वच्छ थियो, यस क्षेत्रमा जनसङ्ख्या कम थियो, हामी नदीको पानी खाने र नदीमा नै नुहाउने गर्दथ्यौँ । पछि यस क्षेत्रमा जनसङ्ख्या वृद्धि भएपछि नदी किनार क्षेत्र फोहर र पानी पनि दुर्गन्धित बन्न पुग्यो । नगरपालिकाको पहलमा तीन वर्षदेखि नदी सरसफाइ अभियानलाई निरन्तरता दिएपछि अब नदी क्षेत्र र नदीको पानी स्वच्छ बन्न पुगेको छ ।”

स्थानीय चूडामणि काफ्लेका अनुसार अहिले त्रियुगाको पानीले नुहाउन सकिने, पिउन सकिने र मठमन्दिरमा लगेर भगवान्को मूर्तिमा चढाउन सकिने बन्न पुगेको कारण सरसफाइको प्रभावकारीता बढेको काफ्लेले बताए । जथाभावी फोहर फाल्ने र दिसा, पिसाव गर्ने कार्यले प्रदूषित बन्न पुगेको नदीलाई स्वच्छ राखेर पुरानै अवस्थामा ल्याउने कार्यलाई स्थानीयवासीले समेत सहयोग गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies