उदयपुर । केही वर्षअघिसम्म नदी किनार वरपर फोहरमैला जम्मा गर्ने र फोहर फाल्ने तथा मनपरी दिसा, पिसाव गर्ने कारण दुर्गन्धित हुने गरेको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्रको त्रियुगा नदी अहिले स्वच्छ बन्न पुगेको छ भने नदीको पानी पिउनयोग्यसमेत बन्न पुगेको छ । पाँच वर्षअघि नै नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकाको अगुवाइमा त्रियुगा नदी सरसफाइ अभियान तीव्ररुपमा सञ्चालन गर्दै आएको र जताततै फोहर गर्ने कार्यलाई निगरानी गर्ने र रोक लगाएपछि अहिले यस नदीको पानी स्वच्छ र पिउनयोग्य बन्न पुगेको छ ।
प्रत्येक महिना पहिलो हप्ता र अन्तिम हप्ता जनप्रतिनिधिको नेतृत्वमा त्रियुगा नदी क्षेत्र आसपास सरसफाइ अभियानलाई निरन्तर जारी राखेपछि अहिले नदीको पानी ५० वर्ष अगाडिको जस्तै स्वच्छ र सफा बन्न पुगेको नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए । अब त्रियुगा नदी ५० वर्षअघिको अवस्थामा नै स्वच्छ भएर फर्कन पुगेका कारण अब यो स्वच्छतालाई सबैले कायम राख्न सबैले सहयोग गर्नुपर्ने धारणा राखे । त्रियुगा शान्तिधाम व्यवस्थापन समिति गाईघाटका अध्यक्ष गिरिराज खतिवडा भन्छन्, “त्रियुगा नदी हिजो बाजे पुर्खाको पालादेखि पवित्र धाम पनि हो, विगतमा नदी क्षेत्र धेरै नै फोहर र पानी प्रदूषित बन्न पुगे पनि अहिले सरसफाइ अभियानबाट नदीको पानी स्वच्छ र नदी क्षेत्र सफा बनेको छ भने नदीको पानीले नुहाउन र नदीको जल विभिन्न शिवमन्दिरमा लगेर जल चढाउन सकिने भएको छ ।”
केही वर्षअघिसम्म यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा नै त्रियुगा नदी आसपास किनार क्षेत्रमा जाने र फोहर गर्ने, दिसा, पिसाव गर्ने तथा गाईघाट बजार क्षेत्रका फोहर फाल्ने डम्पिङ स्थल बन्न पुग्दा त्रियुगा नदी क्षेत्र र नदीको पानी फोहर र प्रदूषित बन्न पुगेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका रत्नप्रसाद पोखरेलले बताए । अहिले त्रियुगा नगरपालिकाको सक्रियतामा प्रत्यक महिना दुईपटक नदी सरसफाइ गर्ने र यस क्षेत्रमा फोहरमैला तथा दिसा, पिसाव गर्न प्रतिबन्ध गर्ने र त्रियुगा नगरपालिकाले दैनिक अनुगमन गर्ने कार्य शुरु गरेपछि अब त्रियुगा नदी क्षेत्र स्वच्छ बन्न पुगेको र नदीको पानी स्वच्छ बनेको त्रियुगा नगरपालिकाकी उपप्रमुख देवीकुमारी चौधरीले बताए ।
त्रियुगा नगरपालिका वडा नं ११ का ६८ वर्षीय चञ्चलाल बोट पनि त्रियुगा नदी स्वच्छ र सफा बनेपछि खुशी हुनुहुन्छ । उनले भने, “हिजो हामी सानो छँदा त्रियुगा नदीको पानी स्वच्छ थियो, यस क्षेत्रमा जनसङ्ख्या कम थियो, हामी नदीको पानी खाने र नदीमा नै नुहाउने गर्दथ्यौँ । पछि यस क्षेत्रमा जनसङ्ख्या वृद्धि भएपछि नदी किनार क्षेत्र फोहर र पानी पनि दुर्गन्धित बन्न पुग्यो । नगरपालिकाको पहलमा तीन वर्षदेखि नदी सरसफाइ अभियानलाई निरन्तरता दिएपछि अब नदी क्षेत्र र नदीको पानी स्वच्छ बन्न पुगेको छ ।”
स्थानीय चूडामणि काफ्लेका अनुसार अहिले त्रियुगाको पानीले नुहाउन सकिने, पिउन सकिने र मठमन्दिरमा लगेर भगवान्को मूर्तिमा चढाउन सकिने बन्न पुगेको कारण सरसफाइको प्रभावकारीता बढेको काफ्लेले बताए । जथाभावी फोहर फाल्ने र दिसा, पिसाव गर्ने कार्यले प्रदूषित बन्न पुगेको नदीलाई स्वच्छ राखेर पुरानै अवस्थामा ल्याउने कार्यलाई स्थानीयवासीले समेत सहयोग गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: