महोत्तरी । स्व पिताको स्मृति चीरस्थायी राख्न महोत्तरीको भङ्गाहा नगरपालिका–३ का दुई दाजुभाईले स्वास्थ्यचौकी र नगर वडा भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका छन् ।
आफ्ना स्व पिता महेश्वर साहको स्मृतिमा देवेन्द्र साह र रामनरेश साहले भङ्गाहा–३ मा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणका लागि रु २५ लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा भङ्गाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् ।
जग्गाकै अभावमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणको काम अघि बढ्न नसकेको बेला साह दाजुभाइले जग्गा दान गरेका हुन् । अतिविपन्न मुसहर, बाँतर, खत्वे र मुस्लिम जाति समुदायको सघन बसोबास रहेको आफ्नो ठाउँमा स्वास्थ्य सेवाको पहुँच बढ्ने आशले जग्गादान गरिएको देवेन्द्र साहले बताए । त्यसैगरी नगरको वडा कार्यालय पनि सोही दान गरिएको कित्ताभित्र कै जग्गामा निर्माण गरिने भङ्गाहा नगरपालिकाले जनाएको छ । दुवै भवन निर्माण कार्यको शिलान्यास भइसकेको र एक वर्षभित्र सम्पन्न हुने नगरप्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।
“हामी स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणका लागि जग्गाको खोजीमै थियौँ”, उनले भने, “साह दाजुभाइले उदारतापूर्वक फराकिलो मन बनाएर जग्गा दिनुभएको छ, अब निर्माण कार्यमा जुटेर एक वर्षभित्र काम सम्पन्न गर्छौं ।” जग्गा प्राप्त भएर स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माणको शिलान्यास भएसँगै भङ्गाहा–३ का आम सर्वसाधारणले जग्गादान गर्ने साह दाजुभाइलाई ‘कलीयुगी श्रवणकुमार’ भन्दै सर्वसाधारणले सराहना गरेका छन् ।
“मानिस सम्पतिको शक्तिले नैतिक, सामाजिक र सांस्कृतिक आचरणबाट विमुख भएका थुप्रै उदाहरण भेटिन्छन्”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले भने, “यहाँ दुई दाजुभाइले स्व पिताको स्मृतिमा लाखौँ मूल्यको सम्पत्ति (जग्गा) जनसरोकारका सामाजिक काममा दिनुभयो ।” यो कार्यले हुनेले सामाजिक कार्यमा दिनुपर्दछ भन्ने सन्देश प्रवाह गरेको दाहालको भनाइ छ ।
भङ्गाहा नगर कार्यपालिकाको कार्यालय भवनका लागि एक महिना पहिलेमात्र यसैगरी रु एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क प्राप्त भइसकेको छ । विगतमा जिल्ला विकास समिति महोत्तरीका सभापति रहनुभएका कामेश्वर पाण्डेयले भङ्गाहा–५ को सीतापुरबजारमा उपलब्ध गराएको पाँच कट्ठा १५ धुर जग्गामा कार्यालय भवन निर्माणको शिलान्यास त्यतिखेरै भइसकेको छ ।
त्यसैगरी भङ्गाहा–७ को मेघनाथ गोरहन्नामा भर्खरै नवनिर्मित स्वास्थ्यचौकी भवनमा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलालाई सुरक्षितरुपमा शिशु जन्माउन प्रसूति सेवा केन्द्र नगर कार्यपालिकाले सञ्चालनमा ल्याएको हो । प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि अब सुरक्षित प्रसूतिका लगि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको भन्दै सर्वसाधारणले सन्तोष व्यक्त गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: