Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदैँ

अमरगढी । सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदैँ गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् । पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ । यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।

सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताए । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पुरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ । सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिए । सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending