Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सामूहिक आवाजका लागि महिला महासङ्घ खडा गरिँदै

पोखरा । महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा यहाँ प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गरेका थिए ।

थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिला विषयले अझै पनि स्थान नपाइरहेको जनाउँदै तिनको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताका लागि महिला महासङ्घको आवश्यकतामा जोड दिए । उनले भने, “देशमा जस्तेसुकै परिवर्तन आए पनि महिलामैत्री नीति बन्न सकेको छैन, आज पनि द्वन्द्वपीडित महिलाले न्याय पाउन सकेका छैनन् भने एकल महिलाको अवस्था पनि उस्तै छ, महिलाको आर्थिक सशक्तीकरणका विषय पनि सधैँ ओझेलमा छन् । यी विविध विषयका लागि अब महिला महासङ्घले सामूहिक आवाज उठाएर जानेछ ।”

थापाका अनुसार महासङ्घको सदस्यताका लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नका लागि महिलाले नेतृत्व गरेको र कम्तीमा दुई वर्षदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गरेको क्रियाशील संस्था हुनुपर्नेछ । कुनै पनि राजनीतिक दलको जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।

गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिले महासङ्घले उठान गर्नुपर्ने विषयमा आआफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनीकरणका लागि पहल, आमाका नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानूनको अन्त्य गर्नुपर्ने, स्रोत साधनमाथि महिलाको पहुँच हुनुपर्ने, समानताका लागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गिकक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

गण्डकी प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील १५ संस्थाका महिला प्रतिनिधि उपस्थित सो अभिमुखीकरणमा महिला महासङ्घ गण्डकी प्रदेश तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजकका रुपमा चयन गरेको सङ्कल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies